ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह


एबीसी / संवाददाता
बैशाख १०, २०७९ शनिबार  १२ : ०३ बजे

काठमाडौं १० बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गर्नुभएको हो ।

“आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ”, उहाँले भन्नुभयो । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उहाँको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधीलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रह समेत गर्नुभयो ।

नेता सिंहले संसद्मा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com