ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय


एबीसी / संवाददाता

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने छ पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० कर्मचारी खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनाका दरले कर्मचारी रहने छन् । आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रूपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव सरस्वती पौडेललाई खटाइएको छ । राप्तीमा महान्यायधिबक्ताको कार्यालयका श्यामप्रसाद दाहाल, कालिकामा जिल्ला उपन्यायाधीवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतलाई वैशाख १ र २ गते आयोगले तालिम दिएको कार्कीले जानकारी दिुभयो । कार्यालयहरूले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com