कास्की, ३१ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जित्नुभयो । नेपाली सेनामा आबद्ध उहाँले खेलमा निर्धारित दूरी एक मिनेट ०४।१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पार्नुभएन तीन ...