ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलकताका रिन्कु सिंहले अन्तिम पाँच बलमा हिर्काए पाँच छक्का


abc

काठमाडौं, चैत २६ । आइपिएल २०२३ अन्तर्गत कोलकता नाइट राइडर्सका रिन्कु सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हिर्काएपछि गुजरात टाइटन्समाथि ३ विकेटको जित हात पारेको छ।

गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकतालाई अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएको थियो।

गुजरातका यश दयालको पहिलो बलमा कोलकताका उमेश यादवले एक रन लिए। त्यसपछि स्ट्राइकमा आएका रिन्कुले लगातार पाँच छक्का हिर्काउँदै कोलकतालाई रोमाञ्चक जित दिलाए।

उनले २१ बलमा नटआउट ४८ रन जोडे। २५ वर्षीय रिन्कु उत्तर प्रदेशका हुन्।

त्यसअघि कोलकताका लागि वेंकटेश अय्यरले ८३ रन जोडे भने कप्तान नितेश रानाले ४५ रन बटुले। बलिङमा गुजरातका रासिद खानले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २०४ रन जोड्यो।

उसका लागि विजय शंकरले नटआउट ६३ रन जोड्दा साइ सुदर्शनले ५३ रनको योगदान गरे।

बलिङमा कोलकताका सुनिल नारिनले ३ विकेट लिए।

जारी आइपिएलमा तीन तीन खेल खेलेका कोलकता र गुजरातले दुई दुई खेलमा जित निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

मलेसियासँगको शृंखला नेपाललाई

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, विराटनगर, कैलाली र बैतडीमा रंगशाला बनाउने

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com