ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला


abc

काठमाडौं, २६ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताउनुभएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अतिसुस्त रहेकाले त्यतातर्फ सरकारको तर्फबाट गर्नुपर्ने सबै काममा सहयोग हुने मन्त्री ज्वालाले बताउनुभयो ।

“दुई खण्डमध्ये पश्चिमखण्ड ९पोखरा–जामुने०को काम पछाडि परेको अनुगमनपश्चात् जानकारीमा आयो, केही ठाउँमा सामान्य काम बाहेक अन्य काम अगाडि बढ्न सकेको रहेनछ,” ज्वालाले भन्नुभयो, “सरकारका तर्फबाट अलिकति प्रयत्न गर्दा काम समयमै सकिनेतर्फ हामी गम्भीर छौँ ।”

राजमार्ग विस्तारका क्रममा के–के समस्या छन्, त्यस्ता समस्या समाधानका लागि सरकारले सहयोग गर्ने मन्त्री ज्वालाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थलगत निरीक्षणपश्चात् जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौ ।”

सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै मन्त्री ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताउनुभयो । “निर्माण कम्पनीलाई के सहयोग गर्नुपर्छ, सबै गर्छौँ तर काममा ढिलासुस्ती भए खबरदारी पनिसँगै गर्छौ,” ज्वालाले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com