काठमाडौं । नेपाल प्रहरीको चार जना नायव महानिरीक्षक (डिआइजी) को अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएको छ । आज बसेको बढुवा सिफारिस समिति बैठकले डिआइजीहरु संदीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।