काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालयबारे निर्णय गर्ने प्रधानमन्त्रीले गर्ने गर्ने बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाउने क्रममा उनले त्यस्तो बताएका हुन् । त्यस क्रममा पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्न गरेका छन् । जवाफमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए ।
छिटै मन्त्रिपरिषदले पूर्णता पाउने भन्दै उनले भने, ‘त्यसमा के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’







प्रतिक्रिया दिनुहोस्