लमजुङ, २६ साउन । स्पेनका एक नागरिकले बेँसीशहरस्थित मानवसेवा आश्रमलाई रु ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गर्नुभएको हो । शनिबार बेँसीशहर–७ मा रहेको आश्रममै पुगेर उहाँले नगद रु ८० हजार हस्तन्तरण गर्नुभएको थियो । ...