काठमाडौं , २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि डा गोविन्द केसी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीले डा. केसीलाई सरकारसँग भएका सहमति र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका लागि बोलाएका हुन्।
सहमति कार्यान्वयनका विषयमा सरकारले तिव्रता नदिएको भन्दै डा केसीले मंगलबार पत्रकार सम्मेलन गरेका थिए। उनले सहमतिका सबै बुँदा छिट्टै कार्यान्वयनमा आउने विश्वास रहेको समेत बताएका थिए।
असार १६ देखि २७ दिनसम्म अनसन बसेका डा. केसीसँग सरकारले साउन १० मा ९ बुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता भएका छन्। सहमतिका अन्य बुँदाहरु भने अझैसम्म कार्यान्वयनमा आइसकेका छैनन्।
प्रतिक्रिया दिनुहोस्