
काठमाडौं,२६ साउन । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न सर्वथा माग गर्दै प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्मको ध्यानर्कषणा गराइएको छ ।
जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै राम प्रसाद राई फाउण्डेशन नेपाल र राम प्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्द बहादुर पुनलाई छुट्टाछुट्टै भेटी ध्यानर्कषण गराइएको हो ।
जन नायक राम प्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनलाई छुट्टाछुट्टै भेटी ज्ञापनपत्र बुझाउनुभयो ।
ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले जन नायक राम प्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादसहित निर्णय गर्ने बताउनुभयो भने उपराष्ट्रपतिले पनि राईका योगदानको करद गर्न विभुति घोषणा गर्नुपर्छ भन्ने पक्षमा आफू पनि रहेकाले विशेष पहल गर्ने बताउनुभयो ।
यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषदमा लगिए पनि विविध कारणले निर्णय हुन सकेको थिएन ।



















प्रतिक्रिया दिनुहोस्