रत्ननगर, ४ भाद्र । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग हुनुहुन्छ । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उहाँ खुशी हुनुभएको हो । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर ...