ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरुवा बन्दुकबाट एक जनाको मृत्यू


bhawani desk
भाद्र ४, २०७५ सोमबार  १ : ३१ बजे

संखुवासभा, ४ भाद्र । संखुवासभाको मादी नगरपालिकामा एक जनाको भरुवा बन्दुक लागेर मृत्यू भएको छ । आईतबार साँझ ६ बजेको समयमा मादी नगरपालिका–८ मावादिन बस्ने २५ बर्षीय हस्तबहादुर तामाङको मृत्यू भएको प्रहरीले जनाएको छ ।

उनको मादी नगरपालिका वडा नं.-९ फाबिङ स्थित सिरान रक्टेको जंगलमा मृतअवस्थामा लाश भेटिएको संखुवासभाका प्रहरी निरिक्षक रामजी कटवालले जानकारी दिनुभयो ।

जंगलमा मृतअवस्थामा लाश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चैनपुर इलाका र जिल्ला सदरमुका खाँदबारीबाट गएको प्रहरी टोलीले घटनास्थल वरपर खोजतलास गर्दा एक थान भरुवा बन्दुक र मृतक हस्तबहादुर तामाङको निधारमा गोली लागेको अवस्थामा भेटिएको प्रनि कटवालले बताउनुभयो ।

मृतक हस्तबहादुर आईतबार जंगलमा सिकार खेल्न गएका थिए । भने उनीसंगै निजको भाई २१ बर्षीय रत्नबहादुर तामाङ र छिमेकी २२ बर्षीय कृष्णबहादुर तामाङ पनि गएका थिए ।

उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, २ ओटा नाल र भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाईट भेटिएको प्रहरीले जनाएको छ ।

निज २ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल खाँदबारीबाट एक दिनको दुरी टाढा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com