ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीमा गर्ने भन्दा उपचार गराउनेको सङ्ख्या बढी


bhawani desk

 

चितवन, ४ भाद्र । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो ।

स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार गराएर माग दाबी गर्नेको सङ्ख्या एक लाख ८९ हजार ९९४ पुगेको छ । जिल्लामा बीमा गराउनेमध्ये सबैको माग दाबी छैन । अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्ला बाहिरबाट चितवनमा उपचार गराउन आउनेको सङ्ख्या बढी देखिएको छ ।

नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी बीमा माग दाबी गर्ने चितवन मेडिकल कलेज रहेको छ । पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बीमा गर्ने बिरामी खासै नजाने देखिएको छ । सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बीमा माग दाबी गरेको छैन ।

मेडिकल कलेजले अहिलेसम्म एक लाख एक हजार ८० को बीमा माग दाबीको निवेदन पठाएको छ । सबैभन्दा कम मनकामना अस्पतालले ४४३ को बीमा माग दाबी गरेको छ । भरतपुर अस्पतालले ३७ हजार ६६५, रत्ननगर बकुलहर अस्पताल रत्ननगरले १४ हजार १०५, भरतपुर आँखा अस्पतालले १२ हजार ६७ को माग दाबी गरेका छन् ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुरले १० हजार ५१८, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीले ६ हजार ५९३, बघौडा अस्पताल माडीले दुई हजार १९, जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीले तीन हजार ७१, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले एक हजार ४८७ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ९४३ जनाको बीमा माग दाबी गरेको कार्यालयले जनाएको छ ।

दुई मेडिकल कलेजसहित दुई दर्जन निजी अस्पताल, सरकारी स्तरको भरतपुर अस्पताल, क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्था रहेकाले बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउनेको संख्या धेरै रहने गर्दछ जसले गर्दा चितवनमा बीमा बापतको रकम माग दाबी गर्नेको सङ्ख्या बढी देखिएको भट्टराईले बताउनुभयो । जिल्लामा गत वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com