कावासोती, १५ कात्तिक । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताउनुभयो । चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको ...