गौशाला, १५ कात्तिक । भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको ९२ प्याकेट पटाका गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिवारास्थित बस बिसौनीमा भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याएको विभिन्न ब्राण्डका ९२ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले गस्तीको क्रममा बस बिसौनीबाट ५० प्याकेट नागिन ब्राण्ड, ३५ प्याकेट फुलझरी ब्राण्ड र सात प्याकेट आलुबम ब्राण्डका गरी जम्मा ९२ प्याकेट पटाका बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्