काठमाडौं,३ फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पार्नु भएको छ । उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानुन र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्टयाउनु भएको हो । ...