
काठमाडौं,३ फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पार्नु भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानुन र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्टयाउनु भएको हो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उहाँले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गर्नु भयो । उहाले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अव त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
३ दिनसम्म चल्ने प्रर्दशनीमा कर्णाली अंचलका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन । कर्णाली अंचलको महत्व काठमाडौंमार्फत् देशभर बुझाउने उद्देश्यले आयोजना गरिएको सो प्रर्दशनीमा मुलुकको समृद्धिमा कर्णाली प्रदेशले दिन सक्ने योगदान समेटिएको पुस्तकह
प्रतिक्रिया दिनुहोस्