काठमाडौं,३ फागुन । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि महाअभियोग प्रक्रिया सुरु हुने भएको छ ।
पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएको थियो । कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच विहीबार भएको बैठकमा सुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने निष्कर्ष जुटेको थियो ।
महाअभियोगका लागि नेकपाका सांसदहरुको गोप्य रुपमा हस्ताक्षर संकलनको कार्य अघि बढाएका थिए । महाअभियोग पारित गर्न दुई तिहाइ आवश्यक हुने भएकाले सत्तारुढ दल संघीय समाजवादी फोरमसँग पनि राय लिएर अघि बढ्ने सत्तारुढ दलको तयारी छ।।
प्रतिक्रिया दिनुहोस्