काठमाडौं, २५ साउन । भू–संरक्षण दिवसको अवसरमा राजधानीमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसहितको टोलीले विभिन्न दुईसय भन्दा बढी विरुवा पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षारोपण गरेका छन् । विभिन्न क्षेत्रमा बेला बखतमा यस्ताखाले वृक्षारोपणको कार्यक्रमहरु भएपनि यसको संरक्षण र सम्वद्र्धनको अभावका कारण सोचेजस्तो प्रतिफल प्राप्त हुन सकेको छैन ।
भू–संरक्षण दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ । राजधानीमा पनि वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतसहितको टोलीले पशुपतिनाथ मन्दिर क्षेत्रमा विभिन्न प्रजातिका दुई सय बिरुवा वृक्षारोपण गरेर भू–संरक्षण दिवस मनाइएको छ । जसमा बर, पिपल, चाँप र रुद्राक्ष लगायत विरुवाहरु छन् । प्रत्येक वर्ष मनाईने यस दिवसमा वृक्षारोपण, सरसफाई लगायतका कार्यक्रमहरु भने नभएका हैनन् तर, यसको दिर्घकालिन रुपमा संरक्षण र सम्वद्र्धनमा भने ध्यान नपुग्दा राजधानी उजाडिएको छ । पशुपति क्षेत्रकै वनजंगल पनि विनाश हुदै गएको अवस्था छ ।
पशुपति परिसरमै रहेको मृगस्थलीमा समेत रुखहरु पातलिदै गएको छ । मृगस्थलीभित्र ५ हजारको हाराहारीमा रहेका बाँदरहरुलाई खाने पर्याप्त फलफुलको रुख–वृक्ष केही छैन । यहाँका १ सय ४० मृगहरुलाई बाक्ला हरियो जंगलमा स्वतन्त्ररुपले रमाईरहेका मृगहरुलाई समेत सानो आकारमा खुम्चाईएको छ । प्राकृतिक समपदाको संरक्षण र समवद्र्धन नहुँदा अहिले राजधानीमा सास फेर्न समेत गाह्रो छ भने, जंगली जनावर, पशुपन्छी वंन जगंलको उचित व्यवस्थापन नहुँदा दिनप्रतिदिन लोप हुने अवस्थामा पुगेका छन् । तसर्थ, प्रकृति संरक्षणको नाममा एकदिन कार्यक्रम गर्नुको औचित्य नरहने प्राकृतिक सम्पदा संरक्षणका अभियान्ताहरु बताउँछन् ।
स्वस्थ जीवनका लागि स्वस्थ वातावरण चाहिन्छ र स्वस्थ वातावरणका लागि वनजंगल, खोलानाला, हावा सबै स्वस्थ हुन आवश्यक छ । केही वर्षअघि सम्म हरियो देख्न सकिने काठमाडौंमा अहिले अव्यवस्थित शहरीकरण, बजारीकरण र व्यवसायीकरणको नाममा राजधानी कुरुप मात्रै भएको छैन दुषित र हानिकारक पनि बन्दै गएको छ । उदाहरणकै लागि राजधानीको पशुपति क्षेत्रमा रहेका बादरहरुलाई बस्न–खेल्नको लागि वनजंगल र बाँच्नको लागि खानेकुरा नहुँदा जंगल छेउमा रहेका स्थानीयहरुलाई समेत प्रभाव परिरहेको छ । पशुपति, गुहेश्वरी लगायतका आश्रममा बस्दै आएका जोगी र उनका चेलाहरुलाई बादरले कहिलेकाही झम्टने, पिट्ने गर्दछ । खानेकुरा र बस्नको अभावका कारण यो समस्या पैदा भएको मृगस्थली छेवैमा बस्दै आएका एक योगीले बताए ।
वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले भने प्रकृति र वातावरण संरक्षण गर्नु सबै दायितव रहेको बताएका छन् । उनले वातावरणीय विनाश र यसका असरहरुलाई न्यूनीकरण गर्न सरकार, सरोकारवाला र आम जनता सबैसँग सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । वातावरण संरक्षणको लागि वृक्षारोपण अपरिहार्य छ । तर, एक दिन वृक्षारोपण गर्नुभन्दा पनि यसको संरक्षण र सम्वद्र्धनका लागि निरनतर रुपमा नै सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्