सप्तरी, २५ साउन । कुनै बेला बिरामीहरुको रेफर सेन्टरको रुपमा परिचित राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताल अहिले सेवामा सुधार गरिरहेको छ । विगतमा व्यवस्थापकिय असक्षमताका कारण सेवा खस्किएको अस्पताल अहिले सेवा सुधारमा पुर्नजिवन पाउदै छ ।
एकताका रिफर अस्पतालले भनेर सर्वत्र आलोचना खेप्ने, राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, अहिले सेवामा सुृधार गरेको छ । पूर्वी क्षेत्रका आम नागरिकलाई गुणस्तरीय सेवा दिन स्थापना भएको अस्पताल विगतमा समस्यामा निकै बल्झियो । पछिल्लो समय व्यवस्थापिकीय सुधार भएपछि अस्पताल सुधारतर्फ लागेको हो । विगतमा अस्पतालले बिरामी अन्य अस्पतालमा बिरामी रिफर गर्दै आएको थियो । तर पछिल्लो चरणमा अप्रेशन लगायतका सेवा उपलब्ध हुन थालेपछि बिरामी पुग्न थालेका छन् । आर्थिक हिसाबले विपन्न नागरिकको स्वास्थ्य सेवा दिन सरकारी सथापना गरिएको हो । सधै रिफर हुदै आएको गजेन्द्रनारायण सिंह अस्पतालको सेवामा सुधार आएको स्थानीयले बताएका छन् । अस्पतालमा सेवा सुधार आएपछि बिरामीको अप्रेशन समेत भएको स्थानीय बताउछन् । अस्पतालले सेवामा सुधार गरेपछि जटिल बिरामीको समेत उपचार भएको स्थानीय सबनाम खातुनले बताईन् ।
अस्पतालमा अहिलदले तीन महिना अघि पनि सो अस्पतालमा घाँस काट्ने कचिया पेटको वारपार भएका एक बालकको डा. मिश्र नेतृत्वकै चिकित्सक टोलीले सफल शल्यक्रिया गरि ज्यान जोगाएका थिए । लामो समय व्यवस्थापिकीय किचलामा रुमलएिको अस्पतालमा पछिल्लो समय प्रशासकीय कार्यक्षमताले समेत सुधार आउन सकेको हो । कुशल प्रशासक र कुशल व्यवस्थापकका कारण अस्पतालले सुधारको संकेत देखाएको हो । अस्पतालमा अहिले देखिएका सुधार सामूहिक प्रयासले मात्र सम्भव भएको हो ।
आवश्यक दक्षजनशक्ति र भौतिक पूर्वाधारको उपलब्धता तथा प्राप्त श्रोत साधनको उचित परिचालनले यस्तो सुधार सम्भव भएको गजेन्द्र नारायण सिंह अस्पताल भावी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन आइसियु र सिटी स्क्यानको सेवा पनि उपलब्ध गराउने प्रयासमा अस्पताल क्रियाशिल छ । आम जनताको स्वास्थ्यको भरोसा सरकारी अस्पतालमा आएको सुधारले विगतको गिर्दाे साख पुनः जिवन हुदै छ । यस अस्पतालका चिकित्सकले गम्भिर प्रकृतीको बिरामीको उपचारमा एकपछि अर्को सफलता हात पार्दै गएपछि बिरामीको विश्वास पनि जित्दै गएको हो । कुनै बेला सामान्य बिरामी पर्दा पनि मह“गो खर्च व्यहोरेर धरान, विराटनगर र भारतको विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यता थियो । हाल त्यो बाध्यताको क्रमश अन्त हुदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्