रिब्दीकोट, २४ साउन । रिब्दीकोट गाउ“पालिकाले गाउ“पालिका भित्र बर र पिपल संरक्षण गर्ने योजना सार्वजनिक गरेको छ । गाउ“पालिकाले योजनानै बनाएर जलेश्वर मन्दिर परिसमा १०८ बर पिपलका बिरुवा रोपिएको छ । पाल्पाको रिब्दीकोट गाउ“पालिकाले जिल्लाकै नमुना कामको थालनी गरेको छ । धेरै जसो स्थानीय तहले बाटोघाटो कूलो र भवन निर्माण गरेका छन् भने रिब्दीकोटले सामाजिक सद्भाव र धार्मिक क्रियाकलापलाई पनि बढावा दिदै गाउ“पालिकामा बजेट नै बिनियोजन गरेर पर्यटकीय स्थल जलेश्वरमा बर पिपलको बिरुवा रोपेको छ ।
धार्मिक मान्यता अनुसार बर पिपलको पुरानो इतिहास र मान्यता रहेता पनि पछिल्लो समय बर पिपलको उचित संरक्षण नहुदा लोप हुने अबस्थामा पुगेका कारण पनि बर पिपलका बिरुवा रोपिएको गाउ“पालिका अध्यक्ष नारायण बहादुर जिसिले जानकारी दिए । रिब्दीकोट गाउ“पालिका प्रशिद्ध जलेश्वर शिद्ध मन्दिर क्षेत्रमा १ सय ८ पिपलका विरुवा सामूहिक रुपमा रोपेपछि यस क्षेत्रको धार्मिक महत्व निकै बढेको छ । स्थानीय सरकारले सक्रियता देखाएकोमा यहा“का स्थानीयहरु निकै खुसी भएका छन् ।
पिपलका बिरुवा रोपेर जलेश्वर मन्दिरलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न स्थानीय वासिन्दा दिनहु खटिरहेका छन् ।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा अत्यन्तै महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासमा योगदान पुग्ने गाउपालिकाको विश्वास छ । ६५ रोपनी जग्गामा विभिन्न किसिमका विरुवा लगाएर यसलाई वोटानिकल गार्डेनका रुपमा विकास गर्ने लक्ष्य गाउपालिकाको रहेको छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा अत्यन्तै महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासमा योगदान पुग्ने गाउपालिकाको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्