काठमाडौँ, २६ असार । सन १९९० पछिको निरपेक्ष निजीकरणले शिक्षालाई छाडा छोडेपछि शिक्षा क्षेत्र सबै भन्दा बढी अराजक र कमाउ धन्दाको गतिलो उद्यम जस्तै बनेको छ । शिक्षामा लगानी गर्नेहरु रातरात महलपति भएका तथ्य सडकमै छताछुल्ल छ । शिक्षाको नाममा राज्यले वर्षेनी खर्बमाथिको बजेट विनियोजन पनि गर्दै आएको छ, तर सबैभन्दा बढी समस्यै समस्याको चाङ पनि शिक्षा क्षेत्रमै छ । शिक्षा क्षेत्र दलालहरुकै कब्जामा छ । राजनीतिक शक्ति र सत्ताको आडमा शिक्षाको व्यापारले सीमा नाघेको छ । समस्यै समस्याले गिजुलिएको नेपालको शैक्षिक अवस्थाको एउटा क्षेत्र हो, शैक्षिक परामर्श । शैक्षिक परामर्शको नाउमा कन्सल्टेन्सी खोलेर शैक्षिक मानव तस्करी धन्दा निरन्तर छ । पढाई र कमाईको प्रलोभन देखाएर शैक्षिक तस्करी भईरहेको छ । विदेशका कलेजमा अध्ययन गर्ने अवसरको वाहानामा शैक्षिक मानव तस्करी भैरहेको छ । विशेष गरि अष्ट्रेलिया जापान लगायतका मुलुकमा शैक्षिक माफियाहरुले अनेकन भ्रम र जालझेलको माध्यमबाट विदेशमा पुराउने गरेका छन् कलिला विद्यार्थीलाई । विद्यार्थीलाई प्रलोभनमा पारेर विदेशी कलेजमा पुराउने अनि लाखौ कुम्ल्याउदैै आएका छन् । अभिभावककको पैसा उठाएर विद्यार्थीको भविष्य बिचल्लीमा पारेका छन् ।
अवैध परामर्शको चाङ
सरकारी तथ्यांकलाई आधार मान्ने हो भने देशभर १४ सय बढी शैक्ष्ँिक परामर्श केन्द्र छन् । देशभर रहेका यस्ता परामर्श केन्द्रले भारतलगायत विश्वका विभिन्न मुलुकमा अध्ययनगर्ने विद्यँर्थी पठाउदै आएका छन् । विदेशी कलेज मोहका कारण विद्यँर्थीहरु परामर्शको माध्यमबाट विदेशी कलेजाम अध्ययन गरेका छन् । गरिरहेका पनि छन् । विदेशी कलेजमा पढाउने अभिभावकको गलत बुझाईसंगै नयां पुस्ताको विदेश मोहले विश्वभर अध्ययनका लागि पुग्ने गर्दछन् शैक्षिक परामर्शदाताहरुको माध्यमबाट । शैक्षिक परामर्शको अधिकार तथा दायित्व भनेको सहजीकरण गर्ने मात्रै हो । तर शैक्षिक परामर्शको नाउमा खुलेका कन्सल्टेन्सीले विदेशी कलेजमा विद्यार्थी पुराउन म्यानपावरको धन्दा गर्दै आएका छन् । यीनै परामर्शको भरमा विदेशी कलेजमा पुगेका हजारौ विद्यार्थी अलपत्र मात्रै परेका छैनन् अभिभावकको लाखौ लगानी खरानी भइरहेको शैक्षिक अभियानता गोपी न्यौपाने बताउछन् ।
शैक्षिक परामर्शको आवरणमा मानव तस्करी गर्दै आएको प्रतिनिधिभमूलक पात्र पुतलीसडक स्थित क्याचि एजुकेशन एण्ड ट्रेनिङ् कन्सल्टेन्सी एक हो । यसका सञ्चालक पुरुषोत्तम खड्कालाई गत वर्ष महानगरिय प्रहरीले नियन्त्रणमा लिएको थियो । राम्रो जागिर दिलाउने प्रलोभनमा अभिभावकबाट खड्काले ७ लाख देखि १२ लाख असुल गरेका थिए । पक्राउ परेका खड्काले अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशहरुमा पठाई अलपत्र पार्दै आएका थिए । यद्यपी खड्का प्रकरण एउटा सतहमा आएको प्रतिनिधिमूलक ठगी धन्दा हो । नेपालमा सञ्चालिन एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलिया, जपान, युके बंगलादेश र फिलिपिन्सस लगायतका देशमा विद्यार्थी पठाउदै आएका छन् ।राजनीतिक शक्तिको बलमा कन्सल्टेन्सीहरुले शैक्षिक मानव तस्कर गर्दैको घटनाको चाङ छ शिक्षा मन्त्रालयमा । शैक्षिक परामर्शको नाउमा खुलेका यस्ता संस्थाहरुको अनुगमन र नियमन गर्दै आएको मन्त्रालयको दावी छ । कानुन विपरित संचालित शैक्षिक परामर्श केन्द्रहरुलाई कार्वाही गर्ने शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले दावी गरे ।
शैक्षिक परामर्शको लागि खोलिएको संस्थाहरुले वैदैशिक रोजगार व्यवसाय संचालन गरिरहेका छन् । राम्रो जागिरको सुनिश्चित गरिदिने आश्वासन दिएर विदेशी कलेज पठाउदै आएका छन् । प्रहरीका अनुसार शैक्षिक परामर्श संचालकहरुले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई समेत प्रयोग गर्न थालेका छन् । विदेशमा राम्रो रोजगारी दिलाईदिने भन्दै शैक्षिक अध्ययनर्को कागजात समेत कन्सल्टेन्सीहरुले आफै तयार गर्दै आएका छन् ।अहिले एसइको नतिजा आएसंगै र १२ कक्षाको नतिजा नआउंदै हरेक कन्सल्टेन्सीले विद्यार्थीहका राहादानी संकलन गर्न थालेका छन् । आर्थिक वर्ष सकिने वित्तिकै विदेशी संघ संसथाहरुले शिक्षा मन्त्रलायबाट संस्था नवीकरण गर्नु पर्ने हुन्छ । त्यसका लागि समेत मोटो रकम बोकेर शिक्षा मन्त्रालय धाउने खेतिपाती शुरु भएको छ । शैक्षिक परामर्शका नाउमा विदेशी कलेजमा पठाउने दलाली धन्दाले मुलुकको अर्थतन्त्रलाई समेत नकारात्मक प्रभाव पारेको छ । वर्षेनी ४५ अर्व नेपाली रकम विदेश पुग्ने गरेको छ । यसले वौद्धिक पलायन मात्रै होइन, आर्थिक नोक्सानी समेत मुलुकले बेहोर्न परेको छ ।
शैक्षिक परामर्श दिलाउने कम्पनीहरुको ५वटा भन्दा बढी देशभरिका सञ्जाल र संगठन छन् ।र त्यसमध्ये इक्यान सबैभन्दा सत्ता र शक्तिको पहुंचमा छ । तर तिनै इक्यानकै जिम्मेवारहरु म्यापावर दलालको व्यवससाय गर्दै आएका छन् । प्रहरीका अनुसार। उनीहरुको धन्दा वर्षाैदेखि हुदै आएको छ । यतिमात्रै होइन, पछिल्लो समय नेपालको शिक्षा क्षेत्रमा विदेशी लगानी भित्राउने नाममा समेत कन्सल्टेन्सी खोलेर राजनीतिक लाभ उठाउने गिरोह यतिबेला अरु बढी सक्रृय छ । यस्ता शैक्षिक व्यापार धेरै लगानी गन्तव्य बन्दै आएका छन्, कारण, सजिलो छिटो र छरितो माध्यमबाट अकुत धन कमाउने उदेश्य नै हो । यही उदेश्यले शैक्षिक परामर्श संचालकहरुले वर्षाैदेखि धन्दा चलाउदै आएका छन् । राज्यले मौनता सा“धीरहेको छ । माफियाहरु राजनीतिक पहुच र बलमा झुटो विवरणको आधारमा वर्षेनी अभिभावक र विद्यँथीमाथि दोहन गरिरहेका छन् ।
डुब्दै अभिभावको लगानी, अन्यौलमा विद्यार्थीको भविष्य
शैक्षिक परामर्शको नाउमा संचालित कम्पनीहरुले विशेष गरि अष्ट्रेलिया र जापानमा विद्यँर्थी पठाउदै आएका छन् । सरकारी तथ्यांक अनुसार गत वर्ष ५८ हजार विद्यार्थी विदेशी कलेजमा पुगेका छन् । आर्थिक वर्ष २०७५/७६ को अन्तसम्ममा ६५ हजार बढी पुग्ने पुगेका छन् । विदेशी कलेजको प्रलोभनमा भड्किला प्रचारबाजीको अस्त्र प्रयोग गर्दै अभिभावका पैसा लुट्न अधिकांश कन्सल्टेन्सी संचालकहरु सक्रिय छन् । विदेशी कलेजको प्रबन्धदेखि आवस्यक पर्ने सबै डकुमेन्ट शैक्षिक परार्श संचालकहरुले जुटाउने गर्दछन् । संचालकहरुलाई अभिभावकले मोटो रकम उपलब्ध गराएमा विदेशी कलेजमा पुराउने धन्दा निरन्तर छ । संचालकहरुले प्रति विद्यार्थी ७ लाखदेखि १२ लाखसम्म रकम कुम्ल्याउदै आएका आएका छन् । विदेशमा राम्रो पढाइसंगै राम्रो कमाई हुने भन्दै प्रलोभनमा पारेर विदेश पुराउदै आएका हुन् ।शैक्षिक दलालको फन्दामा परेर कलिला युवाहरु विदेश पुग्छन्, विदेश पुगेपछि कलेज कलेज जस्तो हुदैन नै । दलाल प्रचार गरे जस्तै राम्रो कमाई हुदैन । घर खेती डुबाएर अभिभावकले लगानी गर्छन् । बा आमाले गरको लगानी विदेश पुगेपछि कमाई पनि हुदैन, पढाई पनि हुदैन । देशभित्रै बसेर अध्ययन गर्न सकिने थुप्रै संभावना छन् । तर शैक्षिक दलालको लहलहैमा विदेशी कलेज ताक्ने धेरै विद्यार्थी बिचल्लीमा पर्दै आएका छन् । मुलुक भित्रै राम्रा कलेजहरु छन् । म्ुालुकभित्र सरकारी तथा निजी शिक्षालयहरुले विश्व बजारमा खपत हुन सक्ने जनशक्ती उत्पादन हुदै आएका छन् ।
आफ्नै घर आंगनमा उच्च शिक्षा हासिल गर्न सकिने प्रशष्त संभावना नभएका पनि होइनन् तर शैक्षिक परामर्शका नाउमा संचालित शैक्षिक धन्दाको प्रभावमा परेर विदेशीने होड चलेको छ । दलालको चंगुलमा परेपछि कलिला विद्यार्थीहरु यस्ता लहडमा लाग्दा आर्थिक पारिवारिक शैक्षिक मानसिक समस्यामा फस्दै आएका छन् । कमाई पनि हुदैन विदेशमा पुराउदा अवैध कलेज भएको घटना यसअघि सार्वजनिक भैसकेको छ । त्यस्तै फेक डकुमन्ट बनाएर विदेशी कलेजमा पुराउने चर्चित कन्सल्टेन्सीहरुमा हिसान, प्याब्सन, एनप्याबसनका पदाधिकारी संलग्न छन् । यसको उदाहरण विष्णुहरि पाण्डेको रोयल एजुकेशनल फाउन्डेशन, अल्फा विटा हाउस सहित आठ वटा कम्पनी विवादमा तानिएका छन् । यस्तो ठगी धन्दामा हिसानका पदाधिकारीको समेत संलग्नता भेटिएको छ । अवैध रुपमा जापान अष्टे«लिया पुग्नेहरुको तांती नै छ । पढाई कमाईको प्रलोभनाम अष्ट्रेलियमा ३२ हजार र जापानमा झण्डै १८ हजार विद्यँर्थी पुगेको बताइएको छ । त्यसै गरि भारत बंगलादेशमा नक्कली कजेल खडा गरेर विद्याथी पुराइएको छ । कमाई पढाइएको लालसााम विदेश पुगेका विद्यँर्थीहरुको अवस्था भने डरलाग्दो छ ।
त्यसैगरी काठमाडौं बाहेक चितवन, विराटनगर र पोखरामा ससमेत उच्च शिक्षाका नाममा जापानमा विद्यार्थी पठाउने अधिकांश कन्सलटेन्सीहरुले नक्कली डकुमेन्ट बनाउदै आएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार नक्कली डकुमेन्टको कारण हजारौ विद्यार्थीले मानसिक आर्थिक र पारिवारिक समस्या झेल्न परेको छ । यद्यपी सरकारले नक्कली डकुमेन्ट बनाएर म्यानपावर दलाली गर्नेहरुमाथि कडाई गरेपनि यसको प्रभावकारीता हुन सकेको छैन । यसर्थ शैक्षिक प्रलोभन देखाएर शैक्षिक व्यापार गर्ने यस्ता कन्सल्टेन्सीलाई कडा कार्वाही गर्दै मुलुकभित्रै उच्च तहको शिक्षा पढ्न संभव छ भन्ने सुनिश्चितता गर्न राज्यले पहल गर्नै पर्छे होइन, भने केही अमूक शैक्षिक दलालहरु मेटाउदै जानेछन् । अभिभावकहरु घरबारविहिन बन्नेछन् भने विद्यार्थीको भविष्य बर्वादी हुदै जाने निश्चित छ । यसर्थ पहिलो कुरा मुलुकमै अध्ययन गर्न सकिन्छ भन्ने तिर ध्यान दिन आवस्यक छ भने, विदेशी कलेजमा अध्ययन गर्ने नै हो भने सत्य तथ्य बुझेर मात्रै गन्तव्य तय गर्न सक्नुपर्छ ।
शैक्षिक परामर्शको अवैध कनेक्सन ?
कानुन र अनुगमनको अभावमा शैक्षिक परामर्श केन्द्रको नाममा ठगी तथा मानव तस्करी धन्दा बढेको प्रहरीले बताएको छ। । वैदेशिक रोजगारमा जानेलाई भाषा प्रशिक्षण र परामर्श दिन भनेर स्थापना गरिएका यस्ता केन्द्रले मानव तस्करीदेखि हुन्डीसम्मको काम गरेको प्रहरीले फेला पारेको छ । कन्सल्टेन्सीले ठगी गरेको भन्दै प्रहरीमा उजुरीको ओइरो लागेपछि प्रहरी सक्रृय भएको हो । प्रहरीको सक्रृयता बढेपनि सरकारी नीति र अनुगमनको अभावमा शैक्षिक दलालहरु सक्रृय भएका हुन् । प्रहरी सकृयतामा सन २०१८ मा ४४ जना कन्सल्टेन्सी सञ्चालकलाई अपराधा महाशाखाले पक्राउ गरेको थियो । धेरै उजुरी आएपछि अपराध महाशाखाले विशेष अप्रेसन नै चलाएर अवैध रूपमा सञ्चालित यस्ता शैक्षिक परामर्शलाई नियन्त्रणमा लिएको हो । कन्सल्टेन्सीबाट विदेश जाने कतिपय विद्यार्थीको बिचल्ली भएको उजुरी प्रहरीमा परेको हो । कन्सल्टेन्सीले पासपोर्ट लिनै नपाउनेमा धेरैबाट पासपोर्ट बरामद भएको महाशाखाका अधिकारीले जनाएका छन् । शैक्षिक परामर्शको नाउमा ठगी हुदै आएकोले सम्बन्धित विद्यार्थीले नेपालमै पनि अध्ययन गर्न सकिनछ भन्ने हेक्का राख्नुपर्छ, विेदेशी कलेज भन्दा नेपालमै अध्ययन गर्न सकिने भएपनि प्रलोभनमा विदेशी कलेज मोहमा फस्नु गलत भएको शिक्षा सरोकारवालाहरु बताउछन् ।
शैक्षिक परामर्शको ब्यानरमा म्यानपावरको धन्दादेखि बालुवाखानी संचालनमा समेत कन्सल्टेन्सी सञ्चालकहरु संलग्न भएको भेटिएको छ । नेपाल शैक्षिक परामर्श संघका तत्कालीन अध्यक्ष उपाध्यक्ष नीरज सिटौला यो क्षेत्रमा केही विकृति रहेको स्वीकार गर्दै आएका छन् । उनका अनुसार ‘बालुवाखानी चलाउनेदेखि म्यानपावर चलाउनेसम्म यो क्षेत्रमा आएको छन्,’ जो पनि यो क्षेत्रमा पैसै कमाउने उद्देश्यले छिर्दा व्यावसायिक रूपमा काम गर्नेहरूलाई पनि धेरैलाई समस्या भएको छ स्वयं इक्यानका जिम्मेवारहरु बताउछन् । शैक्षिक परामर्शको नाउमा चरम विकृति भएपनि सरकारले यस्लाई निमयन गर्न सकेको छैन ।
राजनीतिक दबदबावमा यस्ता परामर्श संचालकहरु ठगी धन्दामा संलग्न भएका हुन् । यद्यपी सरकारले अनुगमन नियमन गरेर संलग्नलाई कार्वाही गर्ने बताउन छाडेको छैन ।सरकारी तथ्यांक अनुसार सन २०१६ भन्दा पहिले शिक्षा मन्त्रालयको रेकर्डमा एक सयभन्दा कम शैक्षिक परामर्श संस्थाहरू मात्र दर्ता भएका थिए । प्रहरीले दर्ता नभएको कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गर्न थालेपछि शिक्षा मन्त्रालयमा चार सय भन्दा बढी सोही वर्ष दर्ता भएका थिए । २०६७ सालसम्म कन्सल्टेन्सीलाई कसले अनुगमन गर्ने भन्ने नै थिएन । २०६७ फागुनमा मन्त्रीपरिषद् बैठकले शिक्षा मन्त्रालयको कार्यक्षेत्र भएको भन्दै कार्य्विभाजन नियमावली संशोधन गरेको थियो । त्यसपछि २०६८ सालमा भाषा प्रशिक्षण तथा शैक्षिक परामर्श निर्दे्शिका बन्यो । तर, निर्दे्शिकाका कतिपय प्रावधान विवादमा पर्दै आएका छन् ।अझ अघिल्लो वर्षबाट विदेशी कम्पनी नै कन्सल्टेन्सीका रुपमा नेपाल भित्रिएपछि गम्भीर समस्या परेको छ । यद्यपी प्रहरीले २०७३ भदौमा मात्र ३३ वटा शैक्षिक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका थिए ।गलत धन्दा हो भन्दा भन्दै बहकाउमा अभिभावकले लाखौ रकम डुबाएका छन् ।
कमाई पढाईको प्रलोभनमा अभिभावकले धनसम्पत्ती खर्चेर विदेश पठाउने मनोविज्ञान नै गलत छ । तर पनि शैक्षिक ठगहरुको धन्दा रोकिएको छैन, बरु अझै मौलाएको छ । त्यस्ता धन्दामा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । त्यसयता पक्राउन पर्नेको संख्या १०० नाघेको छ । उनीहरुमाथिको निगरानी अहिले पनि जारी रहेको प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश माथि मुद्धा समेत चलाईको बताइएको छ ।प्रहरी मुद्दा चलाएपनि शैक्षिक परामर्शको नाउमा विद्याथी विदेश पठाउने धन्दा रोकिएको छैन । यसर्थ सरकारले शैक्षिक माफियाकरणको अन्त गर्न कडा कानुनको व्यवस्था गरि शैक्षिक क्षेत्रलाई चुस्त र दुरुस्त बनाउन निर्मम बन्नै पर्छ ।
धनिराम शर्मा
प्रतिक्रिया दिनुहोस्