ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैनिक तीन हजार युवा विदेसिँदै छन्, सरकार के गर्दैछ ? (भिडियो– अप्रेशनविगन्युज)


एबीसी न्यूज
असार २४, २०८० आईतबार   ९ : १३   बजे

काठमाडौं । पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या असाधारण रुपमा बढिरहेको छ । वार्षिक लाखौंको संख्यामा श्रम बजारमा जीविका खोज्न जानेहरूलाई सरकारले नेपालमै रोक्न सकिरहेको छैन । वैदेशिक रोजगारी एउटा व्यक्ति र उसको परिवारको मात्र होइन, मुलुककै अर्थतन्त्रका लागि अनिवार्य नियति बनेको छ । अर्कातिर नेपाली श्रमिकको सामाजिक न्याय प्रत्याभूति गर्दै उसले आर्जन गरेको आर्थिक, सामाजिक, सांस्कृतिक विप्रेषण, सीप, अनुभवजन्य पुँजीलाई मुलुकको समृद्धिमा जोड्न राष्ट्रिय दृष्टिकोण बनाउन सकेको छैन ।

वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय करिब तीन हजार नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश जाने गरेका छन् । हरेक दिन वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ तर हरेक वर्ष रेमिट्यान्सको आशमा रहेको सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको दीर्घकालीन अवसर दिन सकेको छैन । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरुले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरुको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए ।

सांसदहरुले सरकारले सधँै वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताए । उनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भिर हुनुपर्ने बताए । नेकपा एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानु भन्दा अघि सीप प्रमाण पत्र बनाउने वातावरण सरकारले बनाउनु पर्ने बताए । उनले सरकारले स्थनानिय तहलाई सीपमुलुक तालिम दिने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न पाउने अधिकार दिनसके दक्ष जनशक्ति उत्पादन हुने धारणा राखे । साथै उनले नेपाली श्रमिकहरु काम गर्न पुगेको देशहरुसँग सरकारले श्रम सम्झौता गर्न आवश्यक रहेको बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्रामिकता दिन नहुने बताए । उनले मुलुक भित्रै युवाहरुलाई रोजगारी सिर्जना गर्ने वतावारण सरकारले बनाउनुपर्नेमा जोड दिए । सरकारले रेमिट्यान्स भित्र्याउने उदेश्यले मात्रै वैदेशिक रोजगारीलाई प्राथमिकता दिए भविष्यमा मुलुक दुर्घटनामा पर्ने बताउँदै उनले सरकारले सीप सिकाएर सिकेको सीपलाई प्रयोग गर्ने अनकुल वातावरण बनाइदिनुपर्ने माग राखे । सांसद पराजुलीले विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको भन्दै श्रमिकहरुको सम्मान राज्यले गर्न नसकेको बताए ।

त्यसैगरि सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरुलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरुको जन्म भएको उल्लेख गरे ।
पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या असाधारण रुपमा बढिरहेको छ । वार्षिक लाखौंको संख्यामा श्रम बजारमा जीविका खोज्न जानेहरूलाई सरकारले नेपालमै रोक्न सकिरहेको छैन । वैदेशिक रोजगारी एउटा व्यक्ति र उसको परिवारको मात्र होइन, मुलुककै अर्थतन्त्रका लागि अनिवार्य नियति बनेको छ । नेपाली श्रमिकको सामाजिक न्याय प्रत्याभूति गर्दै उनीहरुले आर्जन गरेको आर्थिक, सामाजिक, सांस्कृतिक विप्रेषण, सीप, अनुभवजन्य पुँजीलाई मुलुकको समृद्धिमा जोड्न राष्ट्रिय दृष्टिकोण बनाउन सकेको छैन । नेपालले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा वैदेशिक रोजगार व्यवसायलाई मानव तस्करी होइन, व्यवसायकै नैतिक धरातल र सामाजिक न्यायको अवधारणामा रूपान्तरण गर्नेतिर सरकारको ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group