ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पोनोमिक्स २.० का तीन वटा शैली(भिडियो विश्लेषणसहित)


शुभशंकर कँडेल

 

काठमाडौं कात्तिक २४ । अमेरिकाको राष्ट्रपतिमाडोनाल्ड ट्रम्पको विजयले राजनीतिक अनिश्चय भन्दा बढी आर्थिक नीति कस्तो हुनेछ भन्ने बहस तीव्र भएको छ । ट्रम्पको आर्थिक कार्यक्रमलाई तीन मुख्य श्रेणीमा विभाजन गर्न सकिन्छ। सबैभन्दा विवादास्पद रूपमा, ट्रम्पले अमेरिकामा आयात हुने प्रत्येक सामानमा १०–२०प्रतिशत शुल्क लगाउने वाचा गरेका छन्।
उनले चीनबाट आयात गरिने सबै सामानहरूमा ६०प्रतिशत र मेक्सिकोबाट आयात हुने गाडीहरूमा ५००प्रतिशत सम्मको शुल्क लगाउने चुनावी प्रतिज्ञा गरेका छन् । यही वाचालाई ट्रम्पको आर्थिक नीति बनाइएकामा अमेरिकाभित्र उपभोक्ता मूल्यहरू वृद्धि गर्न सक्नेछ र आर्थिक वृद्धिलाई खस्काउन सक्नेछस । यस्तो आर्थिक नीतिले सर्वत्र प्रतिशोध निम्त्याउने सम्भावना अधिक देखिन्छ ।

राष्ट्रपति–निर्वाचित ट्रम्पले कर्पोरेट करका दरलाई २१प्रतिशत बाट घटाएर सम्भवतः १५ प्रतिशतमामा ल्याउने छन् । उनले करर्पोरेट कर घटनाउने वाचा गरेका छन् । त्यहाँ लगाइउको नियमन पनि घटाउने योजना ट्रम्पको छ। यसले अमेरिकाको बजेट घाटा अझै बढाउनेछ। ट्रम्पले ठूला प्रविधि र ऊर्जा कम्पनीहरूलाई बढी स्वतन्त्रता दिन चाहन्छन्। उनले कृत्रिम बुद्धिमत्ता(एअआई) प्रतिको नियमनलाई खुकुलो बनाउने र र विदेशी कम्पनीहरूलाई संघीय भूमिमा तेल उत्खनन गर्न अनुमति दिन प्रस्ताव गरेका छन्।

ट्रम्पको आर्थिक नीतिमा आप्रवासन नीतिले विनाशकारी आर्थिक असर पार्न सक्नेछन्। ठूलो मात्रामा निर्वासनले अमेरिकी कार्यबललाई घटाउनेछ ।यस्तो भएमा छोटो समयका लागि तलब वृद्धिमा तीव्रता ल्याउनेछ। मुद्रास्फीतिको जोखिमले संघीय रिजर्भलाई आगामी वर्षमा ब्याज दरलाई उच्च राख्न उत्प्रेरित गर्न सक्छ । यस्तो हुँदा ट्रम्पको आक्रोश र क्रोधलाई निम्त्याउने सम्भावना छ।

चीनको प्रतिक्रिया कस्तो हुनेछ ?

डोनाल्ड ट्रम्पको पुनरागमनले चीनका लागि नयाँखाले अनिश्चितता ल्याएकोछ । यसले गर्दा चिनियाँ सामानहरूमा लाग्ने शुल्कहरूले पुर्याउने क्षतिले गर्दा थप अन्योल बनाउने छ । तर चीनले ट्रम्पको पुनरागमनबाट फाइदा उठाउन खोज्नेछ। यदि उनले अमेरिका निकट राष्ट्रहरूमा पनि शुल्क लगाउंदा चीनले पश्चिमी विश्वको विभाजनमा आफ्नो अवसर देख्नेछ।
ट्रम्पको युक्रेनप्रतिको अरुचि र र रसिया मैत्री नीतिले अन्त्यले चीनलाई उत्साहित बनाउने छ ।
युक्रेन नजिलरले ताइवानको मनोबल खस्काउँदा बेइजिंगलेले त्यसलाई अवसरमा परिणत गर्नसक्छ । ट्रम्पले ताइवानद्वीपलाई आफ्नो बनाउने सैन्य अभियान चालेमा चीनको आक्रमणलाई रोक्न अमेरिकाको सेना प्रयोग गर्ने कुरामा ट्रम्प स्पष्ट नभएकोले चीनलाई बढी चासो र अवसर मिल्नेछ ।

तर विज्ञहरुका अनुसार चीनले ट्रम्पको पुनरागमनलाई नाफामूलक सहअस्तित्वको आशा भने जिवितै राखेको छ ।
अहिले उसले आर्थिक दूरी बनाउने निर्णयमा सन्तोष गरेको छ। द्विपक्षीय सम्बन्ध बिस्तारै भू–राजनीतिक प्रतिस्पर्धाजस्तो देखिन थालेका छन् । चीनले ट्रम्पको एकांगी र अलगाववादी नीतिबाट फाइदा लिन र आफूलाई विकासशील देशहरूको प्राकृतिक नेता बनाउन खोज्नेछ। तर, उसले ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिबाट धेरै गुमाउन पनि सक्ने खतरा भने टरि नसकेको बेइजिंगको ठहरका कारण पर्ख र हेरको नीति अख्तियार गरेको छ ।

 

भिडियो विश्लेषण

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com