काठमाडौँ, २१ असार । भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको राससलाई जानकारी दिनुभयो । उहाँले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्