काठमाडौँ, २७ जेठ । संघीय सांसदको अध्ययनका लागि संसद सचिवालयमा पुस्तकालय छ । संसद सचिवायलले २० हजार पुस्तक पुस्तकालयमा राखेको छ । तर तिनै माननीय सांसदले पुस्तकालयमा पाइलो टेक्दैनन् । अध्ययन नै नगर्ने सांसदले राज्यको नीति र कार्यक्रममा छलफल र वहस गर्न ल्याकत राख्लान त ?
संघीय संसद सचिवालयको पुस्तकालय छ । सांसदहरु अध्ययनका निम्ति खोलिएको हो यो पुस्तकालय तर माननीय सांसदहरु नै पुग्देनन् पुस्तकालय । सांसदहरु नै पुस्तकालय नपुगेपछि सुनशान नै हुन्छ पुस्तकालय । संसद सचिवालयका अनुसार पुस्तकालयमा २० हजार पुस्तक रहेको तथ्याँक छ । पुस्तकालय जसका लागि स्थापना गरिएको उनै पुस्तकालय नपुगेपछि पुस्तकालय पाठकविहीन बनेको हो ।
सांसदहरुलाई अध्ययनको लागि भन्दै संघीय संसद सचिवालयले पुस्तकालयको व्यवस्था गरिदिएको भएपनि सांसदहरु पुस्तकालयमा विरलै छिर्ने गरेका छन् ।
सांसदहरु अध्ययनका लागि पुस्तकालय नछिरेपछि यसको प्रभावकारीता लगभग लगभग शुन्यप्रायः जस्तो बनेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालको भवनमा भुइँतल्लामा पुस्तकालय राखिएको भएपनि केही सांसदहरु मात्र कहिलेकाहीँ जाने गरेका छन् त्यो पनि कुनै भेला अथवा बैठकको मौका छोपेर । छोटो समयका निम्ति मात्र पुस्तकालय पस्ने गरेका छन् । त्यहाँ बसेर अध्ययन गर्ने अथवा पुस्तक घरमै लगेर पढ्ने संस्कृति सांसदहरुले बसालेका छैनन् ।
पुस्तकालय सुनसान हुने गरेको छ । कहिलेकाहीँ फुर्सदिला संसदका कर्मचारीहरु मात्र आक्कलझुक्कल पुस्तकालयमा देख्न सकिन्छ । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ जना सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ जना सांसद मात्रै पुस्तकालय छिरेका छन् । यसले सांसदहरुमा पठन संस्कृति नरहेको प्रष्ट हुन्छ । तर सांसदहरु पुस्तकालयमा अध्ययन गर्ने वातावरण नभएको उल्टै दोष दिन्छन् ।
सांसदहरुलाई महिनादिनसम्म पुस्तक घरमै लगेर पढ्ने सुविधा पनि छ । पुस्तकालय पर्याप्त व्यवस्थित नभएको सांसदहरुको गुनासो छ । पुस्तकहरु कहाँ कुन प्रकारका राखिएको छ कर्मचारीलाई नै खोज्न हम्मेहम्मे पर्छ । फितलो व्यवस्थापन त छदैँछ, पुस्तकपनि बजारमा आएका जस्ता नयाँ नयाँ पुस्तकहरु पुस्तकालयमा भेटिदैँन । जसका लागि पुस्तकालय स्थापना गरिएको उनै सांसदहरु पुस्तकालय पुग्ने र अध्ययन संस्कृति नहुदा पुस्तकालय पुस्तकालय बन्न नसकेको हो । पुस्तकालय समेत व्यवस्गित छैन । पुराना किताबहरु सड्ने अवस्थामा छन् । अध्ययन गर्ने लायकका पुस्तक पुस्तकालयमा नुहदा पुस्तकालयमा नपुगेको सांसदहरुको प्रतिक्रृया छ ।
विज्ञान र प्रविधिको युगमा प्रविधीमैत्री पुस्तकालय निर्माणमा संसद सचिवालयले जोड दिनुपर्ने हो । सचिवालय स्वयंले पुस्तकालयलाई समय सापेक्ष बनाउन सकेको छैन नै । एकातिर पुस्तकालय व्यवस्थित नहुनु अर्काेतिर सांसदहरुको पठन संस्कृति नहुनुले पुस्तकालय बेवारे जस्तै बनेको हो । तर सांसदहरु प्रविधिमैत्री पुस्तकालय बनाउन सके अध्ययन गर्ने संस्कारको विकास हुने दावी गर्छन्
सांसदको आवश्यकता र माग अनुरुपको पुस्तक बजेट अभावका कारण उपलब्ध गराउन नसकिएको संसद सचिवालयको प्रतिक्रृया छ । श्रोत साधनको अभावमा पुस्तकालय व्यवस्थित हुन सकेको छैन भने स्वयं सांसदहरुमा पनि पठन संस्कृति नहुदा पुस्तकालय पुस्तकालय जस्तो नभएको सचिवालयको दावी छ । सांसदको पठन संस्कृति कम भएकोले त्यसलाई बदल्नुपर्ने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।
संसद सचिवालयले पुस्तकालय स्थापना गरेपनि त्यसको उपयोग गर्न नसक्नु सिंगो संसदकै लज्जाको विषय हो । पढ्दै नपढने सांसदले संसदमा उठेका सवाल जवाफ कस्तो र कसरी गर्न सक्छन् यो निकै चासोको विषय हो । यसर्थ माननीयहरुले पठन संस्कृतिको विकास गरि देश र जनताको भविष्यको मुद्दा जिम्मेवार बन्नै पर्छ । अध्ययन विनाको जनप्रतिनिधि सही नीति र कार्यक्रम बनाउन किमार्थ योग्य हुन सक्दैन यसर्थ माननीयहरुले अध्ययनको संस्कृति विकास गर्न अब लाग्नैपर्छ ।
प्रतिक्रिया दिनुहोस्