ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन्– काङ्ग्रेस नेता सिंह


एबीसी न्यूज

 

काठमाडौं, २६ जेठ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ ।

“काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”

पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र काङ्ग्रेस एक ढिक्का हुुने बताउनुभयो । काङ्ग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि काङ्ग्रेसकै भएको उहाँको भनाइ थियो ।

प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको आरोप नेता सिंहले लगाउनुभयो । उहाँले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टीभित्र संस्थागत सुधार गर्नुपर्ने, आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझाव आएको हुँदा नेतृत्वतह सजक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com