ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित


एबीसी न्यूज

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।

सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिदा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।

जिल्लाका अन्य स्थानीय तहमा रोजगार सेवा केन्द्रले बेरोजगार युवाको तथ्याङ्क वडा–वडाबाटै सङ्कलन गरिसकेको भए पनि व्यास नगरपालिकामा भने तथ्याङ्क सङ्कलन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिनुभयो । वाग्लेका अनुसार मन्त्रालयले रोजगार सेवा केन्द्र प्रमुख नपठाइ दिएकाले तथ्याङ्क सङ्कलनको कार्यलाई अगाडि बढाउन सकिएको छैन ।

सूचना अधिकारी वाग्लेले भन्नुभयो, “यसबारेमा मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, छिटो मान्छे पठाइदिए कामलाई तीव्रता दिन सजिलो हुन्थ्यो ।” तथ्याङ्क सङ्कलनपछि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा बेरोजगारलाई खटाउने तयारी गरिएपनि तथ्याङ्क सङ्कलनको काम नै शुरु नहुँदा चालू आर्थिक वर्षमा प्राप्त बजेट नै फ्रिज हुने हो की भन्ने आशंका उत्पन्न भएको वाग्लेले बताउनुभयो ।

चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा रु पाँच लाख ७५ हजार बजेट प्राप्त भएको छ । बजेट फ्रिज हुने सम्भावना भएपछि नगर कार्यपालिकाकाको केही दिन अघि बसेको बैठकले वडा सचिवमार्फत नै तथ्याङ्क सङ्कलनको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।

व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रोजगार संयोजक नियुक्ति नहुँदा काममा देखिएको ढिलाइले यहाँका युवा प्रभावित भएको उल्लेख गर्दै सो कार्यक्रममा सहभागी हुनका लागि प्रायः सधैँ नै युवा वडा कार्यालयमा आउने गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा लोकनाथ भुषालले व्यास नगरपालिकामा नियुक्त भएको रोजगार संयोजकले राजिनामा दिएका कारण केही ढिलाइ हुन गएको बताउँदै वैकल्पिकमा रहनुभएका सुजिता थापालाई रोजगार संयोजकको रुपमा खटाइसकिएको जानकारी दिनुभयो ।

मन्त्रालयले जेठ २० गते थापालाई सम्झौता गरी व्यास नगरपालिकामा खटाइसकेकाले एक÷दुई दिनभित्रै हाजिरी भएर उहाँले काम शुरु गर्ने डा भुषालले जानकारी दिनुभयो ।

भिमादमा दुई योजना छनौट

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको भिमाद नगरपालिकाले योजना छनौट गरेको छ । नगरपालिकाले बेरोजगारलाई काममा खटाउन दुई वटा योजना छनौट गरेको हो ।

रोजगार सेवा केन्द्र प्रमुख विवेचन घिमिरेले बेरोजगारलाई काममा खटाउन खेल मैदानको बाटो र सिद्धगुफाको बाटो निर्माणलाई छनौट गरिएको जानकारी दिनुभयो । सो कार्यक्रमका लागि नगरपालिकालाई रु १८ लाख बजेट प्राप्त भएको छ ।

उहाँका अनुसार नगरपालिकामा न्यूनतम रोजगारीमा संलग्न हुनका लागि ७७८ जनाले निवेदन दिएका छन् । वडा नं १ मा १३९, २ मा ६६, ३ मा ४४, ४ मा ४७, ५ मा २०७, ६ मा १४, ७ मा ९७, ८ मा ५४ र ९ मा १०० जनाको निवेदन परेको छ ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि १०० दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भरेका थिए । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम काम पाएका व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ ।

परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दावी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम १०० दिनको प्राप्त हुन आउने पारिश्रमिक वापतको पचास प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता दावी गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com