ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते


एबीसी न्यूज
फाल्गुन ३०, २०८२ शनिबार  ७ : ५० बजे

काठमाडौँ, ३० फागुन । सर्लाहीमा चालकले नियन्त्रण गुमाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति करिब सातबजे बरहथवा नगरपालिका–१० सितापुरमा डीएल ९ सीजेटओ ७७७ नम्बरको स्कार्पिओले बिहेका जन्तीलाई ठक्कर दिएको हो। गाडीको ठक्करबाट बरहथवा–१० का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नगर अस्पताल बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मगरको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको गाडीले बिहेमा जन्ती आएका मानिसको समूहलाई नै ठक्कर दिएको हो। दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक नितेश जर्गा मगरको कमान्डमा ११ जना र इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक धर्मेन्द्र साहको कमान्डमा ८ जना प्रहरी घटनास्थलमा पुगेका थिए। दुर्घटनामा संलग्न स्कार्पिओ चालक बरहथवा नगरपालिका–१२ लौकठ बस्ने ४० वर्षीय नरेश ठाकुरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगले जानकारी दिए ।

यी हुन् दुर्घटनामा घाइते 
१)  जिल्ला रौतहट तत्काल स्थानिय तह नखुलेको दोस्तिया पिपरिया बस्ने  बर्ष ७० को कमल पटेलको टाउकोमा चोट अवस्था गम्भिर हनुमन्त अस्पतालमा उपचार भईरहेको।
२) जि. रौतहट गडिमाई न.पा ११ बस्ने बिकास पटेलको श्रीमती अ. बर्ष ४५ कि बन्धना पटेलको  बाहिरी चोट नरहेको अवस्था  बेहोस हनुमन्त अस्पताल बरहथवामा उपचार भईरहेको
३)जिल्ला सर्लाही बरहथवा न.पा १०  बस्ने हरेराम मंडलको छोरा अ. बर्ष १८को रुपेश मंडलको बाँया हातमा चोट अवस्था  मध्यम हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको।
४) ऐ.ऐ. १० बस्ने धनजय पटेलको छोरी अ. बर्ष १५ कि प्रतिमा कुमारि पटेलको कम्मरमा चोट अवस्था मध्यम  नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
५) ऐ.ऐ. बस्ने  बच्चेलाल रायको छोरा बर्ष १९ को दिलिप रायको दुबै खुट्टा र कम्मरमा चोट अवस्था मध्यम नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
६) ऐ. ऐ. ७ बस्ने अ. बर्ष २३को  चन्दन पासवानको शरिरको बिभिन्न भागमचा चोट, अवस्था मध्यम,नगर अस्पताल बरहथवामा उपचार भइरहेको।
७) ऐ .ऐ ९ बस्ने अ.बर्ष ५०को नारायण जर्गा मगर शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाइते भई  उपचारको  लागी नगर अस्पताल बरहथवा लगेको डाक्टरले  ऐ.२०;०० बजेको समयमा मृत घोषणा गरेको, लास  सोही अस्पतालमा राखिएको।
८)ऐ.ऐ १० सितापुर बस्ने  सुभनारायण महतोको छोरी अ. बर्ष १२ कि दिपिका जैसवालको दुबै हातमा चोट, अवस्था मध्यम, एडभान्स अस्पताल  बरहथवामा उपचार भइरहेको।
९) ऐ.ऐ. बस्ने  देबिलाल रायको छोरा अ. बर्ष २० को रामजि रायको टाउकोमा चोट,अवस्था  मध्यम,  एडभान्स अस्पताल  बरहथवामा उपचार भइरहेको।
१०) ऐ.ऐ बस्ने किसुन राउतको छोरा  बर्ष २३को मुकेश राउतको  हात र खुट्टामा  चोट अवस्था मध्यम एडभान्स अस्पताल  बरहथवामा उपचार भइरहेको।
११. ऐ .ऐ बस्ने अ. बर्ष ५५ को रामनारायण ठाकुरको दाहिने  हातमा  चोट अवस्था मध्यम हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको।
१२.  ऐ. ऐ.  बस्ने रामनारायण ठाकुरको श्रीमति  बर्ष ४५ कि गुलाब कुमारि मंडलको दाया खुट्टामा चोट अवस्था मध्यम  ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com