ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान हो– प्रधानमन्त्री ओली


एबीसी न्यूज

 

काठमाडौं,२२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज भिडियो सन्देश दिँदै उहाँले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताउनुभयो ।

गत वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका विरुवा रोपिएको जानकारी उहाँले दिनुभयो । हरेक वर्षजस्तै आज नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।कुल जमीनको करीब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको छ ।

पृथ्वीमा अस्वाभाविक ढङ्गले जलवायु परिवर्तन भइरहेको र वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदै यस परिवर्तनलाई तीव्रता दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “यसका कारण हाम्रा हिमाल पग्लिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो जस्ता विपत्तिहरु बढिरहेका छन्”, उहाँले भन्नुभएको छ ।
दूषित हावाबाट वर्षेनी ७० लाखको मृत्यु

हामीले खाने खाना, पिउने पानी र श्वास फेर्ने हावासमेत प्रदूषित हुँदै गइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष विश्वभर दूषित हावाकै कारण करीब ७० लाख मानिसको मृत्यु हुने गरेको बताउनुभएको छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण कम गर्न सबैले आफ्ना ठाउँबाट पहल गर्न ढिला गर्न नहुने उहाँको भनाइ छ ।स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको तथा सन्तुलित, दिगो एवं तीव्र आर्थिक र सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने सरकारको मूल नीति रहेको सन्देशमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “विश्वमा भइरहेको वातावरणीय असन्तुलनमा हाम्रो खासै नकारात्मक भूमिका छैन । त्यसैले बिग्रिएको र बिगिँ्रदै गएको वातावरणप्रति चिन्तित रहन र यसलाई सुधार्न वातावरण संरक्षण र मानवजातिको हितका लागि हामीले विश्वलाई नै आह्वान गर्नुपर्ने अवस्था आएको छ । त्यही उद्देश्यले सरकारले यस वर्ष सगरमाथा संवादको आयोजना गर्दैछ । यस संवादमार्फत संसारभर जलवायु परिवर्तन र यसका दुष्प्रभावका बारेमा सार्थक बहस शुरु गरिने उहाँको भनाइ छ ।

नियमित कार्यकै रुपमा सरकारले विभिन्न हिमालसहित सगरमाथा सफाइ अभियान अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक मानवीय क्रियाकलापले वातावरणीय असर पार्ने भएकाले त्यसलाई ख्याल गरेर सबैले बानी व्यहारमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले वातावरण प्रदूषण रोक्ने सरकारको अभियानमा सदैव क्रियाशील हुन सबैलाई आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com