ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादको आधार तयार पार्नु जिम्मेवारी– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
जेष्ठ १५, २०७६ बुधबार  १ : १० बजे


काठमाडौं,१५ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । १२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु जिम्मेवारी हुन आएको बताउनुभयो ।

उहाँले इतिहासले सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारीलाई बहन गर्नु अवसर र चुनौती दुवै रहेको उल्लेख गर्नुभयो । उहाँले २१ औँ शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई अपिलसमेत गर्नुभयो । “राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्धतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्दै जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको बताउनुभयो ।

संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त गरेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ताप्रति उच्च सम्मान र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इस्लामाबादमा शक्ति संवाद: अमेरिका–इरान आमनेसामने, युद्धपछि शान्तिको परीक्षा !

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

ट्रम्पको दाबी : हर्मुज जलडमरु ‘छिट्टै’ खुल्छ, अमेरिका–इरान पाकिस्तानमा वार्तातर्फ

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

इस्लामावादमा अमेरिका–पाकिस्तान–इरानबीच प्रत्यक्ष वार्ता सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com