
बझाङ,१५ जेठ । जिल्लाकोे बुंगल नगरपालिका वडा नम्बर ७ को कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।
वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भए सँगै बझाङका प्रमुख जिल्ला अधिकारी शुरेश सुनारले भने शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थान तिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाएको बताए ।
सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ को कार्यालमा पूग्न झण्डै ४ घण्टा लाग्छ ।
२ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्