ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“गरौं व्यावसायिक कृषि, यसैबाट शुुरुहुन्छ प्रदेशको समृद्धि” प्रदेश ५ सरकारको निती तथा कार्यक्रम


sharan sharan
जेष्ठ ९, २०७६ बिहीबार  ५ : ४० बजे

बुटवल, ९ जेठ ।
प्रदेश नम्बर ५ को प्रदेशसभामा प्रदेश सरकारको निती तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश ५ सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख झाले आन्तरिक श्रोत परिचालन गरि प्रदेश नम्बर ५ ले गार्हस्थ उत्पादनमा सबै प्रदेशमा अग्रस्थानमा गरेको दाबी गर्नुभयो । उहांले प्रदेश सरकार संचालनमा आवश्यक जनशक्तिको अभावका बिच सफलता पुर्ण कानुन निर्माण देखि राजश्व संकलन गर्न सकेको उल्लेख गर्दै अहिले पनि प्रदेशमा १ तिहाई जनशक्ति मात्र पुर्तिभएको बताउनुभयो । आवश्यक जनशक्ति पुरा गर्न प्रदेश लोकसभा बिधेयक पाश भईसकेको र त्यसले काम थाले पछि खाली जनशक्तीले पुर्णता पाउने प्रमुख झाको बिश्वास छ ।
चालु आर्थिक वर्षलाई प्रदेश सरकारले योजना वर्षकारुपमा लिएको बताउंदै उहांले स्वर्गद्धारीमा केबलकार, बुटवल भैरहवा लुम्बिनीमा मानोरेलको लगानी जुटाउने काम भई रहेको जानकारी दिनुभयो ।
प्रदेश सरकारको निती तथा कार्यक्रममा हरेक पालिकामा खेलमैदान राखिने, कृषिलाई ब्यवसायीकरण गर्न युवा अभियान थालिने, निजी तथा सहकारी क्षेत्रलाई प्राङ्गारिक कृषि कार्यक्रम गर्न सहयोग गरिने, लसुन, प्याज र मसुरो जस्ता नगदेबालीमा सरकारले निजी क्षेत्रसंगको सहकार्य गर्दै लगानी गरिने उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख झाले सरकारले साना तथा घरेलु उद्योग स्थापना गर्न युवाहरुलाई प्रोत्साहन गरिने बताउंदै बनजन्य कच्चा पदार्थमा आधारीत उद्योग स्थापना गरिने बताउनु भयो । बांकेमा मानसरोबरको आकृतिको पार्क निर्माण गरिने, भैरहवा बुटवल र कोहलपुर नेपालगन्जलाई महानगरका रुपमा बिकास गरिने निती तथा कार्यक्रममा लक्ष लिईएको छ ।
प्रादेशीक अस्पतालमा भ्यान्टीलेटर सहित एम्बुलेन्सको ब्यवस्था, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स, मुक्तकमैया र कमलरिको पुनस्र्थानामा संघिय निकायसंग सहकार्य गरिने कार्यक्रममा लेखिएको छ ।
निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख झाले बढीमा १० वटा प्रदेश गौरबका आयोजना छनौट गरि कार्यान्वयन गरिने, एकिकृत श्रमीक आपुर्ति ब्यवस्था लागु गरिने तथा प्रदेश परियोजना बंैंकको स्थापना गरि प्रदेशको समृद्दीमा लगानी गरिने बताउनु भयो । संघिय सरकारले आलटाल गरेका कारण प्रदेश प्रहरी गठनमा भएको ढिलाईलाई चिर्दै प्रदेश सरकारले आगामी वर्षमा प्रदेश प्रहरी गठन सम्बन्धी कानुन बनाउने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सभामा प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको निती तथा कार्यक्रम प्रदेशसभामा टेबल गर्नु भएको थियो ।
निती तथा कार्यक्रमका बिषयमा प्रदेश ५ प्रदेश सभा सदस्यहरुले मिश्रीत प्रतिक्रीया ब्यक्त गरेकाछन् । उनीहरुले महत्वकांक्षि कार्यक्रम ल्याईएको भन्दै अघिल्लो वर्षको तुलनामा खासै फरक निती आउन नसकेको टिप्पणी गरेकाछन् ।
प्रदेश सरकारको निती तथा कार्यक्रममा प्रतिक्रिया दिंदै प्रमुख बिपक्षि दल नेपाली कांग्रेसका मुख्य सचेतक सुरेन्द्र हमालले निती तथा कार्यक्रम राम्रो भएको तर अघिल्लो वर्षको तुलनामा फरक आउन नसकेको बताउनु भयो ।
कांग्रेसकै अर्का सभासद डिल्लीबहादुर चौधरीले भने सिमीत बजेट बोकेर ठुलो कार्यक्रम प्रस्तुत गरिएको भन्दै कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।
राष्ट्रिय जनता पार्टीका सभासद सन्तोष पाण्डेले सरकारले जनमुखी कार्यक्रम प्रस्तुत गर्न नसकेको टिप्पणी गर्नुभयो । निती तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिए पनि औद्योगिकरणमा सरकार उदासिन देखिएको रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले बताउनु भयो ।
प्रदेश सभाको बैठक भोलि १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आइकोनिक जुत्ताको मूल्याङ्कन रास्वपाको पहिलो एजेन्डा बनोस्

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com