
काठमाडौं, ६ जेठ । नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को क्रान्तिदेखि जीवनको उत्तरार्धसम्म निरन्तर काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।
स्व सिंह नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्