ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा गणतन्त्र दिवसको तयारी


एबीसी न्यूज

सुर्खेत, ५ जेठ । कर्णाली प्रदेश सरकारले ‘गणतन्त्र दिवस–२०७६’ लाई भव्यरूपमा मनाउन तयारी शुरु गरेको छ । ‘गणतन्त्र दिवस–२०७६’ लाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार बसेको बैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समितिसमेत गठन गरेको छ ।

समितिमा सरकारका अङ्गका रूपमा स्थापित सबै निकायका उच्चपदस्थहरू रहनेगरी मुख्यमन्त्री शाहीको अध्यक्षतामा समिति निर्माण गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेशसभाका सभामुख, कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसांसद तथा सभासद, प्रदेशसभाका सचेतक, संसदीय समितिका सभापति, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष मूल समिति सदस्य रहनुभएको छ ।

त्यसैगरी, मुख्य न्यायाधिवक्ता, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश योजना आयोगका सदस्य, नेपाली सेना उत्तरपश्चिम पृतनाका पृतनापति, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिव, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालय प्रमुख पनि मूल समिति सदस्य रहनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्यसचिव रहेको ‘गणतन्त्र दिवस–२०७६’ प्रदेश मूल समितिका अन्य सदस्यमा नेपाल रेडक्रस सोसाइटी, नेपाल आदिवासी महासङ्घ, खेलकूद विकास समिति, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी सङ्घ, औषधि व्यवसायी सङ्घ, बागिना समूह, लोकदोहरी प्रतिष्ठान सुर्खेत, सामुदायिक वन उपभोक्ता महासङ्घ, गैसस महासङ्घ, सहकारी सङ्घ, प्रदेश अस्पताललगायतका सङ्घसंस्था रहेका छन् ।

बैठकले गणतन्त्र दिवसलाई भव्यरूपमा आयोजना गर्न विभिन्न चार उपसमिति पनि गठन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचारप्रसार, सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा सांस्कृतिक, भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मनोरञ्जन तथा सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको प्रवक्ता केसीले बताउनुभयो । गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते दिपावली, ब्याडमिन्टन प्रतियोगिता सञ्चालन तथा जेठ १५ गते प्रभातफेरीसहित बृहत् समारोहको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । त्यससँगै शुभकामना आदानप्रदान, झाँकी प्रदर्शनी, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com