काठमाडौं,१ जेठ । उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयलाई लिएर विवाद हुँदा मन्त्री यादव र असन्तुष्ट कर्मचारीबीच हात हालाहाल भएको हो ।
उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ ।
उनीहरुले शुरुमा मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला मन्त्री यादव बाहिर निस्किएका थिए । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।
यसैबीच कांग्रेस निकट कर्मचारी युनियनले भने मन्त्रीले आफ्ना नेतामाथि हातपात गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्