ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड


admin

काठमाडौँ, २९ असोज । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री बस्नेतले सम्मेलनलाई यही अक्टोबर १० तारिखमा सम्बोधन गर्दै नेपालले हालसम्म दूरसञ्चार क्षेत्रमा गरेका प्रगति, विद्यामान समस्या र चुनौतीको प्रस्तुतिका साथै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)ले नेपाललाई पु¥याएको सहयोगको सराहना गर्दै त्यसको निरन्तरताका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा उहाँले सन् २०२५ सम्ममा नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिइएको धारणा व्यक्त गर्नुभएको थियो ।

सम्बोधनका क्रममा मन्त्री बस्नेतले आइटियुले अध्ययन अनुसन्धान गरी तयार गरेको ज्ञानलाई सदस्य मुलुकले अधिकतम प्रयोग गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिको विकास र प्रयोगलाई विकाससँग आबद्ध गर्नुपर्ने, अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथको मूल्य घटाउन विशेष पहल गर्नुपर्ने र साइबर सुरक्षामा विशेष जोड दिनुपर्ने विषयमा सम्मेलनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रत्येक चार वर्षमा अन्तर्राष्ट्रिय आइटियुले आयोजना गर्ने यस्ता सम्मेलनमा सहभागी हुँदा देशमा यस क्षेत्रमा अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन सहयोग पुुग्ने देखिन्छ ।

सम्मेलनको शुरुको दिन कमविकसित, भूपरिवेष्ठित, विकासोन्मुख र साना टापु विकासोन्मुख मुलुकका मन्त्रीबीच भएको छलफलमा नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिको प्रशंसा हुनाका साथै सो उपलब्धिलाई कसरी दिगो विकासका लक्ष्य प्राप्तिमा मद्दत पु¥याउन सकिन्छ भन्ने जिज्ञासा राखिएको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले आइटियुका महासचिव होयुलिन झोव, बुर्किनाफासोका डिजिटल अर्थमन्त्री हड्जा फतिमत सानोनलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नाका साथै सूचना प्रविधिका क्षेत्रमा भएका प्रगति, चुनौती र सम्भावनाका बारेमा छलफलसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले नेपाल सरकारले इ–गभर्नेन्सलाई प्राथमिकता दिई मुलुकभर अप्टिकल फाइबर बिछ््याउने र इन्टरनेट सेवा व्यापक विस्तार गर्ने कार्यक्रम गर्नाका साथै स्वास्थ्य, शिक्षा, आर्थिक गतिविधिमा समेत सूचना प्रविधि र अनलाइन प्रणाली लागू गरी सर्वसाधारण जनताको समय र उत्पादन लागतसमेत घटना जाने र यसले दिगो विकास लक्ष्यमा प्राप्तिमा मद्दत पुुग्ने जानकारी गरानुभएको थियो ।

यस वर्षको सम्मेलन खासगरी सूचना तथा सञ्चार प्रविधिले दिगो विकासका लक्ष्य प्राप्त गर्न के कसरी मद्दत पु¥याउन सक्छ भन्ने सम्बन्धमा केन्द्रित रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री तथा दूरसञ्चारसम्बन्धी मन्त्रालय र संस्थाका वरिष्ठ अधिकारीबाट सहभागिता रहेको थियो । यही असोज २२ देखि शुरु भएको सम्मेलन कात्तिक ३ सम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com