
छबि सापकोटा, काठमाडौ, १९ वैशाख । बिकासको सपना देखाएको वर्तमान दुई तिहाइ सरकारले सोचो जस्तो बिकास निमार्णको काम गर्न सकिरहेको छैन । राजधानी देखि गाउघरसम्म सञ्चालनमा आएको बिकास निमार्णको काम तिब्र गतिमा अगाडी बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकदार कम्पनीलाई दोष देखाएका छन भने ठेकदार कम्पनीहरु भने सरकारले काम गर्ने वातावरण नबाएकै कारण निमार्णमा ढिलाई भएको बताउछन ।
बिकास र समृद्धि मुख्य एजेण्डा भन्दै अगाडी बढेको सरकारको एक वर्ष बितिसक्दा समेत राजधानीदेखि गाउघरसम्म सडक, पुल, बिभिन्न परियोजना लथालिङ्ग छन । केही विकासे परियोजनामा आशावादी काम भए पनि अधिकांश परियोजनामा सुरु भएका काम सकिएका छैनन्, सुरु गर्नुपर्ने काम सुरु नै भएका छैन । देशभरका सडक, पुल देखि बिकासका आयोजनाका काम समेत रोकिने अवस्थामा पुगेका छन । सरकारबाट मोबिलाइजेसन शुल्क लिने तर काम नगर्ने धेरै ठेकदार कम्पनीका कारण सरकारकै आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शमा ओलीले ठेकदारहरुको यो गलत प्रवृत्तिको विरुद्ध मंगलबार नेकपा संसदीय दलको बैठकमा आगो ओकेले । मोविलाइजेश शुल्क जग्गा प्लटिङमा लगाउने भन्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माणका प्रमुख बाधक बन्ने कतिपय निर्माण व्यवसायीहरुले मुलुकलाई ठगिरहेको आरोप लगाए ।
तोकिएकै समय नेपालमा भौतिक पुर्वधार निमार्ण कमै हुने गरेका छन । निर्माण कम्पनीहरु समेत राजनितिक शक्तिकेन्द्रको निकट रहेकै कारण काम नगर्ने ठेकेदारलाई कारवाही हुंदैन । तर, निमार्ण व्यवसायी संघका अध्यक्ष रबि सिंहले सरकारबाट मोबिलाइजेसन रकम लिएर दुरुपयोग गरिएको हो भने सरकारले किन कारवाही नगर्न नसकेको भन्दै प्रश्न गर्छन ।
ठेकेदारहरुले काम लिने तर समयमै नसक्ने कारणले सरकारको समेत आलोचना भएको छ । सरकारी सयन्त्रको रुपमा रहेको कर्मचारीेले समेतको मिलाममतोमा ठेक्का पट्टाको काम हुने भएकोले कारवाहीको भागिदार केही नहुने गरेका छन । प्रधानमन्त्री ओलीले समेत काम गर्न नै सक्ने हौसियत भएका कम्पनीकै कारण समस्या आएको बताए ।
ठेक्का हात पार्न सानो कम्पनीले ठूलासंग मिलेर टेन्डरमा भाग लिने र ठेक्का हात परेपछि फेरि अर्को सानो ठेकेदारलाई जिम्मा लगाएर हिंड्ने प्रचलन नेपालका निमार्ण व्यवसायीमा छ । मुआब्जा विवाद, अदालतको स्टे अर्डर, सडक पोल, खानेपानी ढल जस्ता समस्याको कारण समेत निमार्ण व्यवसायीहरुले काम गर्न नसकेको पनि सत्य हो । सरकारले काम गर्ने वातावरण बनाउन नसकेको निर्माण व्यवसायी अध्यक्ष सिह दाबी गर्छन् ।
यसो त समयमै काम नसक्ने निमार्ण व्यवसायीहरु धेरै नै छन । त्यसमाथि राजनितिक शक्ति, पहुच र ठुलो लेनदेनकै कारण ठेक्का पाएका कम्पनीहरुको अटेर गरेकै कारण निमार्णको काम रोकिने गरेको छ । जसको सिधा प्रभाव विकास र समृद्धिमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्