
काठमाडौं, १८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रिय रहेको बताउनु भएको छ । १३० औं विश्व मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सरकारले श्रमजीविको पक्षमा गरेका कार्यहरु बारे बताउँदै अध्यक्ष प्रचण्डले श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको पनि बताउनु भयो ।
अबको लक्ष्य भनेको नै देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने उहाँले बताउनु भयो । यो आफैंमा एउटा युगान्तकारी कार्य हो ।
प्रतिक्रिया दिनुहोस्