ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिक्षा केन्द्रको अनुगमनमा चिटको राश् , अनुगमन नगर्न शिक्षकको माग : परिक्षा कक्षा १२


sharan sharan

नेपालगन्ज, १७ बैशाख ।
देशभर जारी कक्षा १२ को परिक्षामा बाँकेको नेपालगन्जमा भने परिक्षा हल भित्र बोराका बोरा चिट फेला परेका छन् । मंगलबार नेपालगन्ज नगरका विभिन्न परिक्षा केन्द्रको अनुगमनको क्रममा परिक्षा हलमा ठूलो मात्रामा चिट भेटिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले गरेको अनुगमनको क्रममा परिक्षा हलबाट बोराका बोरा चिट बरामद गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरले कक्षा १२ को परिक्षा परीक्षा मर्यादित र शान्तिपुर्ण रुपमा संचालन गर्ने बताएपनी नेपालगन्जका परिक्षा केन्द्रमा भने संस्थागत रुपमा नै चिट चोराइएको पाइएको छ ।
नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन बोरा चिट बरामद गरेको थियो । उपप्रमुख उमा थापामगर, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा अध्यक्षसहितको टोलीले बरामद गरेको चिट मंगलबार पत्रकार माझ सार्वजनिक गरेको थियो । मंगलबार कक्षा १२ को विज्ञान९फीजीक्स०को परिक्षा भएको थियो ।
नगर प्रमुख डा. राणाले संस्थागत रुपमै चिट चोराउने कार्य भएको दावी गरे । ‘अनुगमनको क्रममा संस्थागत रुपमा नै परिक्षा हलमा चिट चोराउने गरेको पाइएको छ’ उनले भने, ‘पहिलो पटकलाई कारवाही नगरिएपनी बुधबारबाट चिट चोराइएको पाइएमा कारवाही गरिने छ ।’


पहिलो पटकलाई चिट वरामद मात्र गरिएपनि अभिभावकमार्फत विद्यार्थीलाई सचेत रहन उनले आग्रह गरे । ‘शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरेका हौं’ नगर प्रमुख डा. राणाले भने / अनुगमनका क्रममा केही केन्द्राध्यक्षले अनुगमन टोलीसँग बाझाबाझ गरेको समेत उनले बताए ।
उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको बताए । निजि विद्यालयका विद्यार्थीहरुले परिक्षा दिइरहेको केन्द्रमा अझै बेजोग स्थिती रिजालले बताए ।
स्रोतका अनुसार परिक्षा केन्द्रका केन्द्राध्यक्ष लगायतको मिलोमतोमा सरकारी विद्यालयका भन्दा निजी विद्यालयका विद्यार्थीहरुले परिक्षा दिने केन्द्रहरुमा अमर्यादित रुपमा परिक्षा सञ्चालन भइरहेको छ ।
उता शिक्षकहरुको एउटा संगठनले नगर प्रमुखको अनुगमनलाई अनाधिकृत भनेको छ । नेपाल शिक्षक महासंघ बांकेले आज एक बिज्ञप्ती प्रकाशित गर्दै परिक्षा कैन्द्रहरुमा अनुगम गरेकोमा आपत्ती जनाएको छ । परिक्षा केन्द्रमा अनुगमन गरि चिटको राश बरामद गर्दा बिद्यार्थीहरुलाई त्रास पैदा भएको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com