ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसा रोक्ने अभियानमा ट्राफिक प्रहरी


admin

काठमाडौं,१६ बैशाख । दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र संरक्षक समूह नेपालको संयुक्त आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकास्थित पृथ्वी मावि, च्वाडी मावि, भैरुम मावि, रणभुवनेश्वरी माविका कक्षा ६ ,७ र ८ मा अध्ययनरत २४० बालिका विद्यार्थीलाई हिंसाबाट जोगिने र प्रहरीलाई कुन माध्यमबाट खबर गर्ने भन्ने विषयमा ज्ञान दिइएको अभियानका प्रमुख प्रशिक्षक प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनुभयो ।

भट्टराई भन्नुहुन्छ, “ बालबालिकालाई विद्यालयमा आउँदा, खेल्न जाँदा, अन्य कुनै ठाउँमा बालिकाहरु गए भने परिवारले आफ्ना सन्तानलाई हिंसासम्बन्धी ज्ञान दिनु अति आवश्यक छ ।

विद्यालयमा शिक्षकशिक्षिकाले पनि कक्षामा पढाउन आउँदा थोरै समय हिंसा र यसबाट कसरी सुरक्षित रहने भन्ने र आफ्ना परिवार, शिक्षकशिक्षिका र प्रहरीलाई खबर गर्ने विषयमा चेतना दिनुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले गलत नियतका तथा हिंसासम्बन्धी काम कसैले गरेको या गर्न खोजे भने प्रहरीलाई पैसा नलाग्ने फोन नं १०० मा फोन गर्न आग्रह गर्नुभयो । अभियानमा बाल यौन हिंसा तथा ट्राफिक ज्ञानसम्बन्धी बिभिन्न चेतनामूलक सामग्री र जानकारी प्रस्तुत गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com