ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जलवायु परिवर्तनको अन्यायपूर्ण भारको मुख्य शिकार महिला र विपन्न समूदाय’ : राष्ट्रपति भण्डारी


एबीसी न्यूज

बेइजिङ, १४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको अवस्थामा नगन्यमात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यबस जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै आएको र यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’को आज यहाँ आयोजित तेस्रो सत्रको ‘संयुक्त राष्ट्र सङ्घको सन् २०३० सम्मको एजेण्डा कार्यान्वयन गर्न हरियाली प्रवद्र्धन तथा दिगो विकास’ विषयक छलफलमा राष्ट्रपति भण्डारीले अबको बाटो भनेको हरित अर्थतन्त्रको विकास भएको र वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गर्नुभयो ।

उहाँले पृथ्वीको जलवायु अनुकूलता जोगाइ राख्न नसके सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जाने अनुसन्धानले देखाएको बताउनुभयो । “नेपाल अग्ला हिमालको देश हो । ती अग्ला चुचुरा गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोतहरु हुन् । पर्यावरण प्रणालीका अभिन्न अङ्गका रुपमा रहेका हिमालय शृङ्खला मानव जगत्का साझा सम्पत्ति हुन् । नेपालमा जलविद्युत्का माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचूर सम्भावना छ ।

यसबाट नेपाललगायत छिमेकीकोसमेत हरित विकासमा ठूलो योगदान पुग्न सक्दछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआइसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “दिगो विकासका लागि २०३० एजेण्डा जनता, पृथ्वी र समृद्धिका लागि हो । यो सोच रुपान्तरणकारी, समावेशी र समन्यायिक विकासका लागि हो ।

समावेशिताविनाको दिगो विकास भ्रम मात्र हुनेछ । यो महत्वाकाङ्क्षी सोचको प्राप्ति राष्ट्रबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ । यही सोचका साथ नेपालले दिगो विकास लक्ष्यलाई आफ्ना राष्ट्रिय नीति, योजना र कार्यक्रममा समाहित गरेको छ । हामी संयुक्त राष्ट्रसङ्घको विकाससम्बन्धी कार्यादेशलाई बलियो बनाउनु पर्दछ भन्ने पक्षमा छौँ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । याङ्की ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीले दिनुभएको दूरदृष्टिका लागि धन्यवाद व्यक्त गर्दै कसैलाई नछुट्याइ सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभको मर्म र भावना २०३० को एजेण्डासँग मेल खाने बताउनुभयो ।

उहाँले बीआरआइ गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको र वित्तीय खाडल बढिरहेका सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रुपान्तरणका लागि महत्वपूर्ण सघाउ पु¥याउन सक्ने र सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्ने भनाइ राख्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले ‘सडक निर्माण समृद्धितर्फको यात्राको पहिलो कदम हो’ भन्ने चिनियाँ भनाइ उद्धरण गर्दै नेपाल हाल दीर्घकालीन लक्ष्यप्राप्तिका लागि पूर्वाधार निर्माणमा जुटेका र बीआरआइबाट मूलतः हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासमा जोड दिएको बताउनुभयो । उहाँले प्राचीन सिल्क रोडको मूल मर्मका रुपमा रहेको र बीआरआइले आत्मसात् गरेको ‘शान्ति र सहयोग, खुलापन र समावेशीता, साझा सिकाइ र आपसी लाभ’ ले नेपाललाई दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पु¥याउने राय व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com