ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी जनजातिको भावना संविधानमा व्यवस्थित पारिए –अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमार्फत आदिवासी जनजाति समुदायको भावनालाई व्यवस्थित पारिएको बताउनुभएको छ ।

यहाँ आज आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोका विषयमा उच्चस्तरीय संवाद’ अन्तक्र्रियामा उहाँले आदिवासी जनजाति, मधेशी, दलित, महिलालगायत सिमान्तकृत समुदायका सकारात्मक अभिव्यक्तिलाई संविधानमा लिपिबद्ध गरिएको बताउनुभयो । आदिवासी जनजातिलगायत समुदायको आत्मसम्मानलाई समान ढङ्गबाट अगाडि लैजानुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री दाहालले संविधानले पहिचान, आत्मसम्मानलाई प्रष्टसँग व्यवस्था गरे पनि स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र घोषणा गर्न ढिलाइ गरिनु आश्चर्यजनक भएको बताउनुभयो ।

राजधानी र जिल्ला सदरमुकामा मात्र हुने सङ्घकेन्द्रित विकास तोड्ने उद्देश्यले जनताको घर आँगनमै अधिकार जाओस् भनेर सङ्घीय अभ्यास गरिएको उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोत साधनको बाँडफाँट सङ्घीय संरचनाअनुसार हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “निर्वाचनमा उपेक्षित तथा विभेदमा पारिएको समुदाय र सबै पक्षको धेरैभन्दा धेरै प्रतिनिधित्व होस् भनेर जोड दिइएको छ । संविधानमा भएको व्यवस्थाको कार्यान्वन गर्न सरकार, राजनीतिक नेतृत्व र जनतासँग संवाद गरी सकारात्मक वातावरण सिर्जना गर्न मेरो सहमति छ ।” जनताको सङ्घर्षको बलमा गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै उहाँले जनभावनाको सम्मान गर्दै जनताले चाहेअनुसार कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

जनजातिका अधिकार, आत्मसम्मान, पहिचान र संस्कृतिलाई समायोजन गर्दै विकासको बाटोमा लैजाने आफ्नो चाहना रहेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि आदिवासी जनजातिलाई विकास, निर्माण, संस्कृति, भाषा र मानवअधिकारको क्षेत्रमा अवसर पुगेको छैन्, सङ्घीयताको मर्म अनुसारको कर्म भएको छैन, जनताको सङ्घर्षबाट प्राप्त भएको संविधानमा लिपिबद्ध गरिएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको छ ।” आदिवासी जनजातिको मुद्दा र विकासको ढाँचाको सवालमा अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा सहमतिलाई लिएर ठूलो बहस गर्नुपर्ने अध्यक्ष दाहालले खाँचो औँल्याउनुभयो ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न विभिन्न पक्ष सलबलाउन थालेकातर्फ ध्यानाकर्षण गराउँदै उहाँले सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायले प्राप्त उपलब्धिलाई संस्थागत गर्न खट्नुपर्ने बताउनुभयो । कार्यक्रममा आदिवासी जनजातिका अधिकारका पक्षमा बहस पैरवी गर्दै आउनुभएका शङ्कर लिम्बू, कृष्ण हाछेथु, भवानी बराललगायतले कार्यपत्र पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो

आजको राज्य लथालिङ्ग हुनुको सबै भन्दा बढी जिम्मेवार माओवादी हो – विप्लव

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com