ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछाने संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् ? यस्तो छ कारण


एबीसी न्यूज
जेष्ठ १०, २०८३ आईतबार  ९ : ३० बजे

काठमाडौं, जेठ १० । रास्वपा सभापति रवि लामिछानेसहित तीन जनामाथि लागेको सहकारी ठगी मुद्दाको अभियोग संशोधनसम्बन्धी तत्कालीन महान्यायाधिवक्ताको निर्णयलाई कास्की जिल्ला अदालतले स्वीकार गरेको छ । अहिले व्याप्त बनेको चर्चाअनुसार लामिछानेसहित जीवी राई र छविलाल बन्जाडे जोशीसमेत उक्त अभियोगबाट उन्मुक्त छन् ।अधिवक्ता केशवराज अर्यालका अनुसार उनीहरू विरुद्ध अझै तीनवटा जिल्लामा सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कायमै छ ।

तसर्थ लामिछानेसहितका प्रतिवादी सबैतिरको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् । त्यसमाथि सर्वोच्च अदालतमा यही विषयको मुद्दा विचाराधीन छ । यसर्थ तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको अभियोग संशोधन गर्ने निर्णयका कारण लामिछानेसहितका प्रतिवादी अझै पूर्णतः मुक्त छैनन् ।

मुलुकी अपराध संहिता २०७५ ले सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि फिर्ता नहुने सूचीमा राखेको छ ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा सरकारी पक्षले पेश गरेको अभियोग पत्र संशोधनको मागलाई सदर गरेको थियो । न्यायाधीश हिमलाल बेलवासेको इजलासले गरेको यो निर्णयसँगै उक्त मुद्दा मुख्यरूपमा ‘सहकारी ठगी’ मा मात्र केन्द्रित हुने भएको छ । यद्यपि रुपन्देही, काठमाडौं, पर्सा र चितवन जिल्ला अदालतमा ती मुद्दा जारी छन् ।

अधिवक्ता अर्यालका अनुसार महान्यायाधिवक्ताले अभियोग संशोधन गर्नका लागि गरेको निर्णय सबै अदालतले स्वीकार नगरेसम्म कोही पनि मुद्दाबाट मुक्त हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

अध्यादेशपछि पदमुक्त गरिएकैलाई फेरि निमित्त जिम्मेवारी, कानुनी प्रक्रियामाथि प्रश्न

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

भारत भ्रमणमा रवि लामिछाने, राजनीतिक यात्रा कि रणनीतिक संकेत

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

एमाले सचिवालय बैठक आज पनि, अल्पमतमा परेका ओलीले के गर्लान्र

पोखराको फिर्केखोलामा बनेका संरचना हटाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com