ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवाद स्थापनामा अव नेकपाले नेतृत्वकारी भूमिका निर्वाह गर्न आवश्यक


एबीसी न्यूज
बैशाख १०, २०७६ मंगलबार  ८ : ०७ बजे


काठमाडौं, १० वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ११ महिना पछि आज तल्लो तहमा एकीकरण भएको छ । पार्टी एकीकरणको घोषणाले राष्ट्रिय तथा अन्तर्राट्रियस्तरमा नेकपाको जुन उचाइ बढेको छ , यस उचाइलाई कायम गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार आर्थिक–सामाजिक क्रान्ति गरेर मुलुकमा समाजवाद स्थापना गर्नका लागि अव नेकपाले नेतृत्वकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

यतिखेर नेकपाले राज्यसत्ताको नेतृत्व गरिरहेको छ । जनताको मन छुने कल्याणकारी कार्य र जनताको जीविकाको विषय अनि आधारभूत आवश्यकताका सेवा सरकारमार्फत जनतालाई सर्वसुलभ ढंगले प्रदान गर्न सक्ने भुमिका पार्टी पंक्तिले खेल्नु पर्ने बताउछन नेकपाका नेता तथा कार्यकर्ता ।

राज्य सत्ताको लोकतान्त्रीकरण गर्ने, समाजको लोकतान्त्रीकरण गर्ने नेकपाको अभिभारा हो । यतिखेर नेकपा मुलुकको कम्युनिस्ट आनदोलनको मूलधारका रूपमा नेतृत्वकारी पार्टी हुनुका हिसाबले समाज र राज्यसत्ताकै लोकतान्त्रीकरण गर्ने अभिभारा रहेको छ । कम्युनिष्टको सरकारले एक वर्षमा उल्लेखेनीय काम गर्न नसकेकै हो । तर, अब आजैका दिनबाट थप उर्जाका साथ लाग्नुपर्ने बताउछिन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जिल्ला कमिटी तहसम्मै पुगेपछि नेता तथा कार्यकर्ता निकै खुशि देखिएका छन् ।

तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा देखिएको निरासा ७०औं कम्युनिष्ट पार्टी स्थापना दिवससंगै आशामा बदलिएको छ । ११/११ महिनासम्म पार्टी अलमलमा पर्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आम नागरिक समक्ष प्रवाह हुन सकेको थिएन । निराशाका वीच नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली एवं अन्य नेताहरुको प्रयास पछि कार्यकतामा उत्साह थपिएको छ । अब पार्टीमा निरासाको अवस्था नआउला भन्ने अपेक्षा गर्छन् कार्यकर्ताहरु ।

पार्टी एकता पछि अव सरकारले पनि गतिशिल पाउने र आम नेपालीले भनेको जस्तै मूलुकका विकास निमार्ण शुसासन ब्यवस्थित हुनेमा आम कार्यकता ढुक्क भएका छन् । तर विकास र समृद्धिको नारा सरकार र सरकारका प्रधानमन्त्रीसँग मात्र जोडिएको छैन यो नारा सिंगो नेकपासँग जोडिएको छ । तिनै तहका चुनावमा सबै नेकपाको पंक्तिले जनता समक्ष पार्टी एकता गर्ने र विकास गर्ने वाचा गरेको थियो ।

त्यसैले नेकपाले पार्टी एकतासगै अव देश समृद्ध बनाउने विषयमा भुल गर्न हुँदैन । पार्टी एकताको सवै विषय टुंगो लागिसकेको अवस्थामा चुनावमा गरेका वाचाहरु नेकपाले पुरा गर्नुपर्छ । मूलुकको ठुलो पार्टी मात्र होइन आम नेपालीको पाटी बन्न सक्नुपर्छ । सरकारले २५ वर्षपछिको नेपालको जुन कल्पना गरेको त्यसलाई सफल बनाउने पहिलो जिम्मेवारी नेकपाकै नेता कार्यकर्ताको कांधमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com