ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही मानिसहरु उपद्रव हुँदैछ भनेर हल्ला गर्दैछन्, ज्योतिषहरु हल्ला नगर –प्रम ओली


ABC NEWS
बैशाख ७, २०७६ शनिबार  १ : ४९ बजे

बुटवल ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासलाई अवरुद्ध गर्न चाहने तत्वले उपद्रव मच्चाउन ज्योतिष र कथित बाबाहरुको पाउ पर्न थालेको बताउनु भएको छ । भ्रमको खेती गर्नेहरुले धर्मको नाउंमा राजनीतिलाई अल्मल्याउने प्रयास संविधान विरोधी र अपराधपूर्ण दुष्प्रयास भएको प्रम ओलीले बताउनु भयो । राजनीतिक रुपमा देशलाई केही गर्न नसक्ने भएपछि कथित ज्योतिषको पाउ परेर यो वर्ष यस्तो र उस्तो अनिष्ट हुन्छ भन्ने तहमा पुगेकाहरुलाई प्रम ओलीले चेतावनी दिनुभयो

Ujirsing Magar, late commander

केही दक्षिणाको लोभमा परेर सोझासाझा जनतालाई नअल्मल्याउन समेत ओलीले ज्योतिषहरुलाई सावधान गराउनुभयो ।
ओलीले अहिले सबैको एकमात्र उद्धेश्य विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्ने बताउनुभयो ।
रुपन्देहीको जितपुर गढी विजयोत्सव समारोहमा बोल्दै प्रम ओलीले सुशासन कायम गरेर छाड्ने अठोटबाट आफू विचलित नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जितगढीको समग्र बिकासका लागि स्थानीबासीको सहयोग अपरिहार्य भएको बताउनु भयो । उहांले सबैको सहयोग रहे जितगढी स्वदेश तथा बिदेशी पर्यटकको प्रमुख गन्तब्य बन्ने गरि बिकास गर्न सकिने बताउनु भयो ।
नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद बिष्णु पौडेलले बिशेष गुरुयोजना बनाएर जितगढीलाई नेपालीकै पहिचान बनाउन लागिएको जानकारी दिनु भयो ।

यसअघि प्रधानमन्त्री ओलीले तिनाउ खोला किनारमा रहेको जितगढी क्षेत्रमा निर्माण भएको कर्णेल उजीरसिंह थापाको पूर्णकदको शालिकको अनावरण गर्नुभयो । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन समेत गर्नुभयो । विक्रम संवत १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुंदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसंग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com