काठमाडौं,५ बैशाख । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ ।
नेपाल वायुसेवा निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति भएको छैन, सबै यात्रु सकुशल रहेका पनि त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बिहान ९ : ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्