ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा स्काउट अभियान सञ्चालन:मुख्यमन्त्री राई


admin

विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो ।

नेपाल स्काउट प्रदेश नं १ अन्तर्गत स्काउट आधारभूत तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले बालबालिका र युवा मानसिक, सामाजिक र अनुशासित बनाई समाज विकासका साथै राष्ट्रको विकासमा सहभागी गराउन स्काउट सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल स्काउट मुलुकमा राजनीतिक स्थिरताका कायम भएसँगै राजनीतिक पीडितको अवस्थाबाट अन्त्य भएको भन्दै मुलुकको सङ्घीय संरचनामा रुपान्तरण भई प्रष्ट र आफ्नो सिद्धान्तमा परिचालन भई समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम रहेको अवस्थामा तीन तहका सरकारले विकासका आफ्नो लक्ष्यमा अगाडि तीव्र गतिमा अगाडि बढिरहेकोले जनताले त्यसको अनुभूति चाँडै अनुभव गर्न पाउने बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सम्भावनाका योजनाको आधविधक गर्नेकार्य गरिरहेको बताउँदै योजना बैंक, लगानी सम्मेलन, प्रदेश विकासको नयाँ मोडललगायतका सोचका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले अबको केही दिनभित्रमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गाउने र त्यसपछि योजनाबद्ध विकासको थालनीका शुरु गर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई दुव्र्यवनीबाट मुक्त बनाउन तथा परोपकार भवना जगाउन स्काउटमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रत्येक विद्यालय र कलेजमा स्काउटलाई उच्च प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै बालबालिकामा सिर्जनात्मक भावना जगाई समाजसेवी र नैतिकवान बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसङ्गति रोक्न र युवालाई अनुशासित बनाउन नैतिक शिक्षाको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीलगायतले स्काउटले समाज सेवाको भावना जगाउन विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रदेशका १३७ स्थानीय निकायका ३२७ पुरष र १९५ महिला प्रशिक्षकले छ दिनसम्म आधारभूत तालीममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com