काठमाडौं,४ बैशाख । नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो ।
ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक-पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न महासंघले माग गरेको छ ।
पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्