ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरुयोजना तयार


एबीसी न्यूज


काठमाडौँ , ४ वैशाख । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको दुई विश्वसम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूलाई जोड्न काठमाडौँ महानगरपालिकाले पद यात्राको गुरु योजना तयार गरेको छ । आउँदो विहिबार सार्वजनिक गरिने गुरुयोजनाबाट उक्त क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, स्थानीयको आर्थिक विकासमा टेवा पुर्याउने, पर्यटनको विकास गर्ने र सम्पदाको मुल्यमान्यता बारे चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

विश्व सम्पदा सूचीमा रहेको दुई विश्वसम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूलाई जोड्न काठमाडौँ महानगरपालिकाले गुरु योजना तयार गरेको छ । २२ सय मिटरको दुरीमा रहेका यि दुई सम्पदालाई विश्व सम्पदा दिवस –२०१९ को अवसर पारेर आउँदो बिहीबार अर्थात अप्रिल १८ तारिखका दिन हनुमानढोका दरबार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरु योजना सार्वजनिक गरिने भएको हो । सम्पदा पदयात्रामार्फत उक्त दुरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरुको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउने, आन्तरिक एवम् बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मुल्यमान्यता बारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरका मूर्त एवं अमुर्त सम्पदाको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनको कार्यमा पनि यो पदयात्रा सहायकसिद्ध हुने महानगरपालिकाले विश्वास लिएको छ ।

काठमाडौँको हनुमानढोका दरबार क्षेत्रबाट विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासका विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरु अवलोकन गर्न सकिनेछ । महानगरपालिकाले सम्पदाहरु पहिचान गर्न विभिन्न संकेत चिन्हहरु राख्ने, स्थानीय घरहरुलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने बताएको छ । यी दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमुर्त सम्पदा तथा सांस्कृतिक परम्पराहरुको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गरिनेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।

यस दुरीभित्र मौलिक परम्पराअन्र्तगत रहेर बाटो, म्युजियम निर्माण गरिने समेत योजना छ । तत्काल पूर्वाधार निर्माणका लागि १० करोड लगानी गर्ने र आगामी आर्थिक वर्षबाट निरन्तर बजेट विनियोजन गरेर काम सम्पन्न गर्ने काठमाडौं महानगरपालिका वडा नं.१८ का अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले बताए । पर्यटनको लागि सुचना केन्द्र राखिने र सम्पदाको महत्वका बारेमा विश्वस्तरमा प्रकाश पारिने पनि संयोजक महर्जनको भनाइ छ ।

दुइ विश्वसम्पदालाई पदयात्राबाट जोड्ने महत्वपूर्ण गुरु योजना तयार भएपनि यसलाई व्यवस्थित र सुन्दर बनाउन चुनौति देखिन्छ । हनुमानढोका क्षेत्र परिसरमा रहेका भवनहरु भुकम्पले क्षतिग्रस्त बनाएका छन् । बाटो साँघुरा र फोहोर छन् । यसले सकारात्मक भन्दा नकारात्मक प्रचार बढी हुने खतरा देखिन्छ । तत्काल बाटो फराकिलो पार्ने, भत्केका घरलाई पुनः निर्माण गर्ने अवस्था नरहेको भएपनि सधैं त्यस्तै अवस्थामा नराखिने काठमाडौं महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष चिनिया मान बज्राचार्यले बताए ।

दुइ सम्पदालाई पदयात्रा बाट जोडेर सम्पदाको प्रचारप्रसार र सुदृढिकरणमा लाग्न खोज्नु महानगरपालिकोको सकारात्मक कदम हो । काम के कति हुनेछ र कसरी गरिनेछ भन्ने चाहिँ आगामी दिनमा देखिनेनै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com